×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सेञ्चुरी बैंकका सञ्चालक सुनील कुमार न्यौपाने ‘अयोग्य’ भएको खुलासा, नियामक राष्ट्र बैंक अझै रमिते !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – सेञ्चुरी बैंकका सञ्चालक सुनील कुमार न्यौपाने सञ्चालक हुन अग्योग्य भएको खुलासा भएको छ । बैंक तथा वित्तीय संस्था ऐन अनुसार न्यौपानेको बैंकिङ अनुभव नपुगेकाले उनी अयोग्य भएका हुन् ।  आउँदो फाल्गुनसम्म बैंकमा पेलेरै बस्न सकेको खण्डमा उनको बैंकिङ अनुभव पुग्ने देखिएको छ । सोहि कारण उनी कानुन मिचेरै भएपनि पदमा बसीरहेका छन् ।
यसो त बैंकभित्रै पनि न्यौपानेको योग्यतालाई लिएर प्रश्न नउठेको होइन । तर नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारीहरु समेत रहेको बैंकमा उनीहरुकै संरक्षणमा न्यौपाने पदमा बसीरहेको बैंक स्रोतले दावी गरेको छ । ‘सुनील न्यापाने सरको योग्यता पुगेको छैन । संचालक हुन चाहिने बैंकिङ अनुभव उनीसँग छैन । तर बैंकमा उनी हालीमुहाली गरेर बसेका छन् ।’ आफ्नो नाम नबताउने सर्तमा बैंकका एक कर्मचारीले अर्थ सरोकारलाई भने । उनका अनुसार न्यौपानेको योग्यता नपुगेको बारे नेपाल राष्ट्र बैंकका उच्च तहका कर्मचारीलाइ पनि थाहा छ । तर यसो हुँदा हुँदै पनि नेपाल राष्ट्र बैंकसँगकै मिलेमतोमा उनी हाल संचालककै रुपमा पदमा बसीरहेका छन् ।
यता हामीले यसबारे उनीसंग पनि बुझ्न खोजेका थियौं । तर मंगलबार २ पटक सम्पर्क गर्न खोज्दा पनि उनीसँग सम्पर्क भएन । 
यद्यपी योग्यता नपुगेर पदमा बसीरहने संचालक उनीमात्र होइन । मेगा बैंकका सञ्चालक सीएन पाण्डे पनि योग्यता नपुगेरै पनि पदमा बसीरहेका छन् । सेञ्चुरी बैंकमा भने अनिल शहा सीइओको रुपमा आउने भएपछी बैंकको असन्तुष्ट पक्षले बैंकभित्रका विभिन्न लफडाहरु छताछुल्ल पार्न थालेका छन् । नाम नबताउने सर्तमा बैंकका एक तल्लो तहका कर्मचारी भन्छन्, ‘तह तल्लो भएपनि मलाई बैंकका विभिन्न लफडाबारे थाहा छ । अहिले एचआर विभागमा कतिसम्म हस्तक्षेप छ भन्ने कुरा गरीसाध्ये छैन । बैंकमा मनलाग्दी बढेको छ । जुन संस्था मर्जर गरेर ल्याएको हो, त्यो संस्थाबाट आएका कर्मचारीले भकाभक बैंक छोड्दैछन् ।’           
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: