×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिटिजन्सको सस्तो प्रचार शैली : चोरिएको लेआउट कन्सेप्ट र प्राविधिक खोटसहितको वेवसाइट ‘अत्याधुनिक’ रे !

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ- बैंकले नयाँ प्रोडक्ट ल्याउँदा, केहि महत्वपूर्ण सुचना जारी गर्नु परेको खण्डमा, साखा विस्तार जस्ता महत्वपूर्ण काम गर्दा बैंकले विज्ञप्ति जारी गर्ने गर्नु सामान्य नै हो । तर भएको वेवसाइटलाइ अपग्रेड गरेको कुरा पनि ठुलै उपलब्धिजसरी बैंकले डेपुटी सीइओसहितका केहि कर्मचारीलाई मोडलिङ गराएर सिटिजन्स बैंकले जग हँसाउने काम गरेको छ । उसले एक प्रेस विज्ञप्ति जारी गर्दै बैंकको नयाँ वेव साइट आएको र डेपुटी सीइओले त्यसलाई सार्वजनिक गरेको उल्लेख गरेको छ ।  
आवश्यक समाचार कि नयाँ जोगीको खरानी घसाई !
यसो त सिटिजन बैंकले सार्वजनिक विज्ञप्तिलाइ बैंकिङ क्षेत्रमा नयाँ जोगीको खरानी घसाईको रुपमा पनि लिइएको छ । पीआर तथा मार्केटिङ विभागमा केहि समयअघि मात्रै आएकी नयाँ  कर्मचारीका कारण पनि यस्ता सामान्य कुराले पनि विज्ञप्ति पठाउने गरी हैसियत राख्न थालेको जानकारहरु बताउँछन् । केहि समय अघि एनआइसी एसिया बैंक छोडेर सिटिजन्स प्रवेश गरेकी एक महिला कर्मचारी नै यस्तो जग हँसाउने काम गर्ने मुख्य कर्ता हुन् । यसो त उनले एनआइसी एसिया बैंकमा जम्मा गरेका इमेल आइडीसमेतको दुरुपयोग गरेर यस्तो काम गरिरहेकी छिन् । एनआइसी एसिया बैंकसँग विज्ञापनको करार भएका अनलाइनहरुमा क्रमबद्ध रुपमा मेल जानुले पनि यसको पुष्टी भएको हो ।
यता बैंकले गर्ने जुनसुकै कामलाई पनि बैंकले स्थान दिनुपर्ने बताउनेहरु पनि नभएका होइनन् । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै एक बैंकमा पीआर अफिसरको रुपमा काम गरिरहेका कर्मचारी भन्छन्, ‘बैंकका जस्ता पनि समाचार आउनु राम्रो पक्ष हो । नयाँ वेव साइट आयो भन्ने जानकारी दिनु गलत पनि होइन । तर मिडिया मेनेजर भएर भन्दाचाहिं त्यो समाचारको विषय नबनेको भएपनि हुन्थ्यो । बैंकको यस्तो सस्तो प्रचार शैलीले काम पाइनस बुढी…………**** भन्ने नेपाली उखानलाई चरितार्थ गरेको छ । 
पाठक पीरमा, मिडिया मारमा !
सामान्यतया कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट आउने पीआर सम्बन्धि विज्ञप्तिहरु राख्ने मिडियाको चलन छ । कति संचारगृहहरुले औपचारिकताका लागि त कतिले राख्नका लागि मात्रै भएपनि यस्ता पीरआरहरुलाई ठाउँ दिने गरिएको छ । समाचार डेस्कमा बस्नेहरुलाई पनि मेलमा आएका पीआरहरु राख्ने निर्देशन सञ्चार गृहमा हुन्छ । (अर्थ सरोकार डटकमको हकमा पनि त्यस्तै भयो । हामीले सबै पीआर हाल्ने भन्दा  सिटिजन्स बैंकको यो न्यूज पनि गयो ।)   तर अनावश्यक रुपमा यस्ता समाचारले पाठकलाई भने पीरमा पार्ने गरेको देखिएको छ । सामान्यतया यो समाचारको विषयनै होइन भन्नेहरुपनि प्रशस्तै छन् ।  
अर्थ सरोकार डटकममा सिटिजन्स बैंकको नयाँ वेव साइट सम्बन्धि समाचार पढेर एक पाठकले फोन नै गरेर भने, ‘अर्थ सरोकार डटकमजस्तो साइटमा बैंकको वेव साइट अपग्रेड भयो भन्ने पनि न्यूज आउन थाले त खत्तम भइगो नि ! यसरी नै सस्तो प्रचार शैली अपनाउने हो भने कुन दिन सिटिजन बैंकले आफ्ना कर्मचारीलाई यस्तो रंगको युनिफर्म बनायो, बैंकले तीजमा यति लिटर दहि खुवायो, बैंकले दशैंमा खसी काट्यो, बैंकमा यस्तो रंगको डायरी आयो जस्ता सस्ता र अनावश्यक समाचारहरु पनि पाठकले पढ्नु पर्ने अवस्था आउन सक्छ । ध्यान दिनुहोला । 

धुमधामका साथ प्रचार गरिएको वेव साइटमा पनि अनेकौं खोट !
यसो त बैंकले ठुलै केहि गर्यौं भनेजसरी विज्ञप्ति पठाएको छ । तर बैंकको वेव साइटमा अझै पनि थुप्रै समस्या देखिएको छ । धेरैले हेर्ने बैंकको भ्याकेन्सी सब्मंधी पेज http://www.ctznbank.com/career.php लाई ब्याकअप नै नगरी अन्य पेजमा रिडाइरेक्ट गरिएको छ । सर्ज इन्जिनमा सिटिजन्स बैंक भनेर खोल्दा अगाडी नै आउने यो पेजलाइ वेवास्ता गरिएको छ । 
आफुलाई ठुलै सम्झने बैंकले आफ्नो वेव साइटमा कति गुगलमा भेटिएका नि:शुल्क अरुपमा पाइने इमेजहरुको समेत प्रयोग गरेको छ । यसो त यो बैंकको मेन डोमेननै झुक्किने खालको छ । सिटिजन बैंकको डोमेन किन सीटीजेडएन भन्ने सवाल यसअघिनै पनि उठ्ने गरेको थियो । बैंकले डट एनपीमा यो डोमेन पाउँथ्यो । तर डटकम नै राख्ने भन्दै गलत डोमेनप्रयोग गरिएको छ ।  पहिलाको तुलनामा निकै अपग्रेड गरिएको भएपनि बैंकको ‘युआइ’ सोचेजस्तो गुणस्तरीय छैन ।

एनआइसी एसिया बैंकको वेव साइटको लेआउट कन्सेप्ट हुबहु नहुने गरी चोरिएको छ । यस्तै बैंकको वेव साइटमा ट्वीटर लिंक गलत तरिकाले अर्थात ट्वीटरमै नजाने गरी राखिएको छ । लिंक्ड इन र इन्स्टाग्रामको लिंक पनि गलत तरिकाले प्रयोग गरिएको छ ।          

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: