×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

तत्कालीन लुम्बिनी बैंकमा यसरी भएको थियो लाखौँ घोटाला, कारण थिइन् ‘स्टाफकि धनी खानदानकि श्रीमती’ !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – काठमाडौँ युनिभर्सीटी स्कुल अफ मेनेजमेन्ट (कुसुम) र एसीसीएले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा वक्ताका रुपमा बोलाइएका बैंक अफ काठमाडौँका सीइओ शोभनदेव पन्तले बैंकमा हुने गरेका विभिन्न घोटाला र जालासाझीका बारेमा आफ्नो धारणा राखे । उनले पछिल्लो समय विभिन्न बैंकमा भएका घटनासमेत एक-एक गरेर प्रकाश पारे । उनले खुलेरै विभिन्न बैंकमा भएका घोटालाहरुका बारेमा चर्चा गरे । उनले विभिन्न बैंकका घोटाला बारे चर्चा गर्दा उनले नै काम गरेका बैंकहरुमाचाहिं कस्तो घोटाला भए होलान् भन्ने सबैको जिज्ञासा हुने नै भयो । यसैबीच विभिन्न बैंकमा भएका घोटालाका बारेमा चर्चा गर्दै जाँदा उनले आफुले काम गरेको लुम्बीनी बैंकको प्रसङ्गपनि झिके ।

उनको सम्झनामा त्यो घोटाला र इमान्दार सोचेको कर्मचारी 
‘कहिलेकाहीं अलि नसोचेको खालको घटना भइदिन्छ ।’ उपस्थितहरुलाई सम्बोधन गर्दै मुस्कुराहटका साथ पन्त बोले, ‘कुरा म लुम्बिनी बैंक हुँदाको हो । एक शाखाका कर्मचारी निकै इमान्दार देखिन्थे । उनी झट्ट हेर्दा बैंकमा घोटाला गर्छन् वा गर्न सक्छन् जस्ता देखिंदैनथे । उनका साथीहरु पनि उनलाई निकै इमान्दार बैंकरका रुपमा चिन्थे । मैले पनि त्यसरी नै चिन्थे ।  म बैंकमै हुँदा उनले विवाह गरेका थिए । म उनको विवाहमा पनि गएको थिएँ।’ मुस्कानलाई झन् थप्दै उनी अगाडी बोले, ‘केटाकी श्रीमतीपनि सार्है राम्री थिइ ।’ उपस्थित धेरै हाँसे । हाल हाँसोले गुन्जियो ।  विवाहपछि उ केहि परिवर्तित पक्कै भएको थियो । तर धेरैले त्यसलाई विवाहपछिको स्वाभाविक परिवर्तन सम्झेका थिए ।  
आफ्नो मुस्कानलाइ कम गर्दै केहि सिरियस हुँदै उनी अगाडी बोल्न थाले, ‘तर केहि समयपछी उनी बैंकमा भएको घोटालामा संलग्न भएको प्रमाणित भयो । बैंकको लाखौँ रुपैयाँ उसले आफ्नी श्रीमतीको खातामा जालसाझीपूर्वक राखेको थाहा भयो ।  प्रहरीको सहयोगमा उनको कर्तुत थाहा भयो । म त आजकलपनि कहिले काहीं त्यो घटना सम्झेर छक्क पर्छु । त्यति इमान्दार केटाले कसरी यस्तो काम गर्यो ? किन गर्यो ? कसले उकास्यो ? बुझ्ने चाहाना भएपछि मैले उसलाई सोधें ।  किन यस्तो गरेको तिमीले  भनेर ।’ त्यो केटाले सत्य वकल्यो । धनी श्रीमती विवाह गरेपछिको बाध्यताका बारेमा सविस्तार बोल्यो । 

घोटालाको मुख्य कारण त ती कर्मचारीले भर्खर विवाह गरेकी राम्री र धनी श्रीमती पो रहिछिन् 

‘मेरी श्रीमती धनी खानदानको म गरिव । मैले उसलाई उनले भनेजस्तो खुवाउन र लाउन दिन सकिन । उनलाई उपचारका लागि पटक पटक बैंकक लैजानु पर्थ्यो । बैंकले दिएको तलवले मलाइ पुग्दैनथियो । त्यसपछि मैले यस्तो गलत काम गरें । मसंग विकल्प पनि थिएन ।’ पन्तले यसो भन्दा उपस्थितहरुपनि केहि भावुक भए । केहि अझै हाँस्दै थिए । पन्तले पुन: उपस्थितहरुलाई हाँसो दिलाए । ‘बिचार गर्नु है विहे गर्दा । उपस्थित सबै हाँसे ।
सोच्दै नसोचेका कारणहरु पनि घोटालाका कारक बनिदिन्छन् 
‘यस्ता घोटालाका घटनाहरु धेरै छन् । म बैंक अफ काठमाडौँ हुँदा यस्तै अर्को घोटाला भएको छ बैंकमा । त्यसको कारण पनि अचम्मको थियो । (हामी अर्को अंकमा उक्त घटना प्रस्तुत गर्दैछौं) कार्यक्रमका उपषितहरुलाई सम्बोधन गर्दै उनले बैंकमा हुने घोटालाहरुमा विशेषगरी आइटी इन्जिनियरहरु बढी रहने गरेको उनको अनुभव सुनाए । कार्यक्रममा उनले एच एण्ड बि डेभलोपमेन्ट बैंक, लुम्बीनी बैंक, बैंक अफ काठमाडौँ, एनआइसी एसिया बैंक लगायतका विभिन्न बैंकहरुमा भएका घोटालाहरुका बारे सबिस्तार सुनाएका छन् । 
हामी उनले कार्यक्रममा प्रस्तुत गरेका ती अनुभवहरु एक एक गरी अर्थ सरोकार डटकममा भिडियो सहित प्रकाशित गर्नेछौं । उनले बैंकमा मात्र होइन मालपोत कार्यालयमा समेत ठुलो जालसाझी, र घोटाला हुने तथ्यको खुलासा गरेका छन् । होटल अन्नपूर्णमा शनिबार आयोजना भएको उक्त कार्यक्रममा अन्तराष्ट्रिय घोटालाका बारेमा समेत चर्चा परिचर्चा गरिएको थियो ।  कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त, नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर, अन्तराष्ट्रिय कर्पोरेट फ्रड बिज्ञ लगायतको उपस्थिति थियो ।
अर्थ सरोकार डटकम उक्त कार्यक्रमको पावरिङ पार्टनरका रुपमा प्रस्तुत थियो ।    

क्रमश:     
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: