×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अन्तत: प्रधानमन्त्री देउवाले फाल्गुन २ गते राजीनामा दिने !

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तत राजीनामा दिने भएका छन् । अनेकौं राजनीतिक विषय र सम्भावित माओवादीसँगको सत्ता गठबन्धनको कुरा चलिरहेका बेला देउवाले राजीनामा दिने दिनको टुंगो लगाएका छन् । देउवा निकट एक उच्च स्रोतले दिएको जानकारी अनुसार थुप्रै विषयलाई थाँती राख्दै देउवाले आउँदो फाल्गुन २  गते राजीनामा दिन लागेका हुन् ।
‘राजीनामा दिएपनि अर्को सरकार नबनुन्जेल देउवानै कामचलाउ प्रधानमन्त्री हुनेछन् । वा त्यतिबेला सम्म राजनीतिले नयाँ मोड पनि लिन सक्छ । ‘ उच्च स्रोतले भन्यो, ‘माओवादीसँग मिलेर जाने भन्ने कुरा पनि चलिरहेको छ । उता माओवादी र एमालेको एकता भाँडीने संकेत पनि देखिएको छ । राजनीतिले जुनसुकै मोड लिन पनि सक्छ ।  तर फाल्गुन २ गते राजीनामा दिने पक्कापक्की प्राय: भएको छ । त्यतिन्जेलसम्म कुनै पनि गठबन्धनका लागि तयारी गर्ने काम भइरहेको छ । त्यो बेलासम्म अन्य बाँकी विषयपनि टुंगो लाग्नेछ ।’ स्रोतका अनुसार केहि दिनअघि नै फाल्ल्गुन २ गते राजीनामा दिने गरी अन्य तयारी भइसकेको थियो । ‘तत्काल यो कुरा बाहिर भनेका छैनौं । तर फाल्गुन २ गते प्रधानमन्त्री देउवाको राजीनामा आउँछ ।’ स्रोतले भन्यो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: