×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

डा. अजयक्रान्ति शाक्यको उद्घोष, ‘हामी दुइतिहाई बहुमतसहित चुनाव जित्छौँ, त्यसपछि आर्थिक-क्रान्ति गर्ने हो’

उम्मेदवार 
काठमाडौँ क्षेत्र नम्बर–९ प्रदेशसभा ‘क’  नेकपा (एमाले):
१. चुनावी प्रचार–प्रसार कसरी अघि बढिरहेको छ ? 
अहिले स्पष्ष्ट एजेण्डासहित चुनावी मैदानमा ओर्लिएको छ । त्यही एजेण्डा बोकेर वाम गठबन्धनका उम्मेदवारहरु अहिले देशभरी नै चुनावी प्रचार अभियानमा जुटेका छन् । हामी पनि स्वच्छ निर्वाचन, लोकतन्त्रको आधार, सुशासन र समृद्धिका लागि बामपन्थी सरकार’ भन्ने नारासहित चुनावी घरदैलो कार्यक्रममा व्यस्त बनेका छौँ ।  एमाले जनताको पार्टी हो भन्ने सन्देश दिनका लागि पनि हामी अहिले विहान ६ बजेदेखि बेलुका १० बजेसम्म जनताको घर–दैलोमा जाने, जनताको मनोभावना बुझ्ने, जनताले चाहेको विकास र समृद्धिका बारेमा ध्यानपूर्वक सुन्ने र हाम्र्रा योजनाहरु जनतालाई बुझाउने जस्ता कामलाई हामीले तिव्रता दिएका छौँ । 

२. जनताको घरदैलोमा पुग्दा जनताबाट चाहिँ कस्तो प्रतिक्रिया पाउनु भएको छ ? 
हामी अहिले जहाँजहाँ घरदैलो कार्यक्रममा गएका छौँ । त्यहाँत्यहाँका जनता निकै उत्साहित भएको पाएका छौँ । उहाँहरुले विकास मुलूक निर्माणको सपना वोकेको पार्टी एमाले मात्र भएको भन्दै निकै उत्साह व्यक्त गर्नुभएको छ । पछिल्लो समय वाम शक्तिहरुको चुनावी तालमेल र वाम एकतासम्मको प्रयासलाई जनताले खुशी साथ समर्थन गरेको मैले पाएको छु । एक पटक वामपन्थीलाई पाँच वर्ष सरकार चलाउन दिनुपर्छ भन्नेमा जनताको मनोभावना रहेको पनि हामीले पाएका छौँ । 

जनताको घर–दैलोमा जाने, जनताको मनोभावना बुझ्ने, जनताले चाहेको विकास र समृद्धिका बारेमा ध्यानपूर्वक सुन्ने र हाम्र्रा योजनाहरु जनतालाई बुझाउने जस्ता कामलाई हामीले तिव्रता दिएका छौँ । 

हामी चुनावी दौरानका क्रममा कोठे भेला गर्ने, विभिन्न क्षेत्र र समूदायका व्यक्तिहरुसँग भेटघाट गर्ने जस्ता कामलाई पनि तिव्रता दिएका छौँ । त्यस्ता भेटघाटबाट उहाँहरु झन प्रभावित भएको मैले पाएको छु । चुनावको मिति नजिकी रहेका बेला हामीले कोणसभा गर्ने, टोल सभा गर्ने, ठूला भेलाहरु गर्ने जस्ता कुरालाई पनि प्राथमिकता दिएका छौँ ।  पार्टीको आन्तरिक जीवन र पार्टीको संगठनलाई अझ सुदृढ र जुझारु बनाउने कुरामा पनि हामी उत्तिकै चासोका साथ लागेका छौँ । कार्यकर्ता भेला गर्ने संगठनलाई पुर्नताजकी दिने जस्ता कुरामा पनि हामी लागेका छौँ ।
३. तपाईँ वाम गठबन्धनको साझा उम्मेदवार पनि हो । माओवादीलाई मत दिदैँ आएका मतदाताबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ ? 
हो, म वाम गठबन्धनको काठमाडौँ क्षेत्र नम्बर–९ क को साझा उम्मेदवार हुँ । त्यसैले मैले उहाँहरुसँग पनि संयुक्त कार्यकर्ता भेला गर्ने, उहाँहरुसँग पनि सल्लाह–सुझाव लिने जस्ता कुरालाई प्राथमिकतामा राखेको छु । माओवादी केन्द्रका साथीहरुसँग अहिले पनि म निरन्तर सम्पर्कमा रहेको छु । अहिले हामी सँगै चुनावी मैदानमा होमीयका छौं । र माओवादी केन्द्रका साथीहरु पनि निकै उत्साहित भएको मैले पाएको छु । 
पहिला कम्युनिष्टहरु छरपष्ट हुँदा पनि यो क्षेत्रमा वामपन्थीहरुकै वर्चश्व थियो । संविधानसभाका दुई वटा निर्वाचनमा हामी कांगे्रससँग झिनो मतअन्तरले पराजित भएका हौँ । यद्यपि दोस्रो र तेस्रो दलको हैसियतमा हामी नै थियो । यो पटक दुबै शक्ति एक ठाउँमा चुनाव लड्दैछौँ । केही महिना अघि सम्पन्न स्थानीय निर्वाचनको परिणामले पनि हामी यो क्षेत्रमा निकै बलियो छौँ भन्ने प्रमाणित गरेको छ । 
त्यसैले यो क्षेत्रका जनता अब देशमा धेरै पार्टी होइन थोरै पार्टी हुनुपर्दछ र देशको समृद्धिका लागि स्थायी सरकार होस भन्ने चाहेका छन् । त्यो स्थायी सरकार वामपन्थीकै बनोस् भन्ने यहाँका जनताको चाहना छ । 
४. वामपन्थीहरुकै सरकार होस् भन्ने चाहना जनतामा किन ? 
अहिले आर्थिक, राजनीतिक सामाजिक क्षेत्रमा मात्र होइन सबैतिर अस्तव्यत रहेका बेला अहिले राजनीतिक धु्रवीकरणले गर्दा वाम गठबन्धनको सरकारले केही गर्छ भन्ने आशा यस क्षेत्रका जनताले गरेका छन् । घरमा जादाँ हाम्रा आगामी प्रतिनिधिहरु नै तपाईँहरुको हो भनेर फुलमालाले स्वागत गर्ने खादा ओडाउने र शुभकामना दिने गर्नुभएको छ । त्यसले हामी थप उत्साहित भएका छौँ । 

यो पटक दुबै शक्ति एक ठाउँमा चुनाव लड्दैछौँ । केही महिना अघि सम्पन्न स्थानीय निर्वाचनको परिणामले पनि हामी यो क्षेत्रमा निकै बलियो छौँ भन्ने प्रमाणित गरेको छ । 

५. तपाईँ राजनीतिक क्षेत्रमा भन्दा पनि बौद्धिक क्षेत्रमा बढी सक्रिय व्यक्ति चुनावी अभियानमा जाँदा कस्तो महशुस गर्नुभएको छ ? 
मैले भूगोलको प्रत्यक्ष जिम्मा लिएर मात्र काम नगरेको हो । तर, म २०४६ सालदेखि नै राजनीतिमा सक्रिय भएको व्यक्ति हुँ । पार्टीका विभिन्न जिम्मेवारीमा रहेर मैले काम गरेको व्यक्ति पनि भएको नाताले मलाई त्यस्तो कुनै असहज महशुस भएको छैन । मैले राजनीतिक र बौद्धिक क्षेत्रसँगै सामाजिक क्षेत्रमा आवद्ध रहेर पनि यो क्षेत्रका लागि धेरै गरेको छु । म सधैँ यही क्षेत्रका जनताको साथमा रहेको छु । त्यसैले यो क्षेत्रका जनताले मेरो बौद्धिकताको यही क्षेत्रमा सदुपयोग होस भन्ने अपेक्षा गरेका छन् । त्यसले मलाई झन उत्साहित बनाएको छ । यी सबै कारणले म यो क्षेत्रका जनताका लागि नयाँ होइन प्यारो भएको छु । यो क्षेत्रका लागि मात्र होइन देशका लागि नै केही गरौँ भन्ने योजना भएको व्यक्ति हामीले उम्मेदवार पाएका छौँ भनेर यो क्षेत्रका जनताले मलाई पार्टीले टिकट दिएदेखि नै उत्साह व्यक्त गरेका छन् । 
६. घरदैलोमा के एजेण्डा लिएर जानुभएको छ ?
सबै भन्दा पहिला त मैले विगतमा गरेका कामको समिक्षा नै मेरो एजेण्डा हुन् । मैले जनप्रतिनिधि नहुदा पनि यो क्षेत्रमा गरेको कामबाट यहाँका जनता उत्साहित हुनुभएको छ । त्यति मात्र होइन मैले साना–साना काममा पनि ध्यान दिएको छु । मुख्य गरेर यो क्षेत्रको खानेपानीको समस्या, विजुलीको समस्या, ढलको समस्या, वाटोको समस्याका बारेमा मैले उहाँहरुसँग छलफल गर्ने र त्यसको समाधान गर्ने प्रयास गरेको छु । उहाँहरुको समस्यामा म आफैँ दुवेको छु । 
कतिपय ठाउँमा त मतदाताले हामीले १५–२० वर्षसम्म जनप्रतिनिधि पाएका थिएनौँ । अहिले जनप्रतिनिधिको महशुस भएको छ भन्दै खुशी व्यक्त गरेका छन् । अहिले हाम्रो घरदैलोमै आएर जनप्रतिनिधिले देखाएको चासोबाट हामी उत्साहित भएका छौँ भनेका छन् । हामीले हाम्रो प्रतिनिधि डाक्टर अजयक्रान्तिलाई पाएका छौँ भनेर खुशी व्यक्त गरेका छन् । जनताले जनताको बीचमा काम गर्न सक्ने नेता हामीले पाएका छौँ । जसरी पनि जिताएर पठाउँछौँ भनेका छन् । 
७. आर्थिक समृद्धिका एजेण्डा पनि त लिएर जानु भएको होला नि ? 
मैले जनतालाई यो राजनीतिक अस्थिरताबाट मुक्त गर्नलाई वाम गठबन्धनको दुईतिहाई बहुमतसहितको सरकार चाहिन्छ भनेको छु । त्यो भयो भने मात्र मुलुकमा आर्थिक क्रान्ति गर्न सकिन्छ भनेको छु । आर्थिक रुपान्तरण र दीगो विकासका लागि पनि वामपन्थीको सरकार चाहिन्छ भन्नेमा मतदाता पनि ढुक्क रहेको पाएको छु । हामीले वोकेको आर्थिक क्रान्तिको सपना पनि वामपन्थीको सरकार भए मात्र पूरा गर्न सकिन्छ भन्नेमा विश्वास दिलाएको छु । दक्ष जनशक्ति, संगठन, मिसन र भिजन भएको वामशक्तिलाई जिताउनु अहिलेको आवश्यकता हो भन्ने राम्ररी बुझ्नु भएका यो क्षेत्रका जनताले स्थानीय निर्वाचनमा पनि भारी मतसहित एमालेका उम्मेदवारलाई विजयी बनाएका थिए ।

मैले साना–साना काममा पनि ध्यान दिएको छु । मुख्य गरेर यो क्षेत्रको खानेपानीको समस्या, विजुलीको समस्या, ढलको समस्या, वाटोको समस्याका बारेमा मैले उहाँहरुसँग छलफल गर्ने र त्यसको समाधान गर्ने प्रयास गरेको छु । उहाँहरुको समस्यामा म आफैँ दुवेको छु । 

वाम एकता हामीले कुनै एक क्षेत्रको विकासका लागि होइन । समग्र नेपालको विकासका लागि गरे हो । जनताले यही बुझेका छन् । मै केपी ओली प्रधानमन्त्री हुँदा उहाँको सल्लाहकारका रुपमा काम गर्ने अवसर प्राप्त गरेँ । त्यसले पनि मलाई समृद्धिका लागि धेरै योजनाहरु बनाउने अवसर प्राप्त भयो । अहिले त्यो ज्ञानलाई यो क्षेत्र र समग्र मुलुकको आर्थिक समृद्धिका लागि खर्च गर्ने स्पष्ट योजना बोकेर मतदाताको घरदैलोमा पुगेको छु । 
चाइनासँग पारवहन सन्धी गर्ने, रेलमार्गका सञ्जाल विस्तार गर्ने, यातायात क्षेत्रको विस्तार गर्ने, हुलाकी राजमार्ग, द्रुतमार्ग, फाष्टट्याक, हावावाट विजुली निकाल्ने, बायोग्याँसबाट ऊर्जा गर्नेलगायतका काम केपी ओली प्रधानमन्त्री हुँदा भएको हो । त्यो जनताले ख्याल गरेका छन् । ती सबै योजनाको खाका कोर्ने र प्रत्यक्ष सम्लग्न रहेको व्यक्ति म हुँ । 
त्यसैले आत्मनिर्भर हुनका लागि के–के विकास गर्नुपर्छ ? आर्थिक योजना के चाहिन्छ यो भिजन हामीसँग छ । यो कुरा मैले जनतासँग प्रत्यक्ष रुपमा भन्ने गरेको छु । आर्थिक वृद्धिदर ९–१० प्रतिशत पुर्याउने, प्रतिव्यक्ति आय वृद्धि गर्नेलगायतका योजना र आधार सुनेपछि मेरो क्षेत्रका जनता चकित हुनुभएको छ । उहाँहरुले ओहो हामीले चाहेको व्यक्ति बल्ल प्राप्त गर्यौँ भनेर खुशी पनि व्यक्त गर्नुभएको छ । यसै सबै कुरा सुनेपछि सबै मतदाताले वाम गठबन्धनको सरकार आवश्यक छ भन्ने ठान्नुभएको छ । 

चाइनासँग पारवहन सन्धी गर्ने, रेलमार्गका सञ्जाल विस्तार गर्ने, यातायात क्षेत्रको विस्तार गर्ने, हुलाकी राजमार्ग, द्रुतमार्ग, फाष्टट्याक, हावावाट विजुली निकाल्ने, बायोग्याँसबाट ऊर्जा गर्नेलगायतका काम केपी ओली प्रधानमन्त्री हुँदा भएको हो । त्यो जनताले ख्याल गरेका छन् । ती सबै योजनाको खाका कोर्ने र प्रत्यक्ष सम्लग्न रहेको व्यक्ति म हुँ । 


८. तपाईँको क्षेत्रको विकासका लागि के–कस्ता एजेण्डा अघि सार्नु भएको छ ? 
अधिकांश पूर्व सांसदहरुले जनताको बीचमा जाँदा म यो क्षेत्रमा यो गर्छु, त्यो गर्छु भनेर क्षेत्रलाई मात्र सिमित गरेर रोजगारी र विकासका कुरा गर्नुभएको छ । म अहिले फरक ढंगले मतदाता कहाँ पुगेको छु । मैले क्षेत्रलाई मात्र सिमित गर्ने होइन समग्र नेपालको विकास गरेपछि क्षेत्रको विकास स्वतः हुन्छ । मैले उहाँहरुलाई क्षेत्रको मात्र होइन हामी समग्र देशको विकासमा लागेका छौँ भनेर प्रष्ट भनेको छु । यति मात्र क्षेत्रमा रेल कुदाउँछु, यति मात्र क्षेत्रमा यसो गर्छु भनेर भन्ने पक्षमा म छैन । मैले जनतालाई त्यस्तो ढाँट कुरा गरेको छैन । म यो टोलको हँु । यो टोललाई मात्र नमूना बनाउँछु पनि मैले भनेको छैन । भिजन र मिसन सहित देशको दिगो विकासको कुरा गरेपछि उहाँहरु प्रभावित हुनुभएको छ । 
९. तपाईँले जित्ने आधार के–के ? 
सबै भन्दा पहिलो आधार भनेको यो क्षेत्र मेरो स्थानीय क्षेत्र हो । म यही क्षेत्रमा जन्मिए, यही क्षेत्रमा हुर्के । यहाँका जनताले बुझेका छन् । राजनीतिकसँगै यो क्षेत्रमा मैले सामाजिक काम पनि धेरै गरेको छु । यो लेखाजोखा पनि यहाँका जनताले गरेका छन् । यहाँका जनताको समस्या समाधानका लागि पनि मैले सक्दो प्रयास गरेको छु । मैले विभिन्न पदमा रहँदा देशको विकासका लागि गरेको योगदानको पनि जनताले मूल्याङकन गरेका छन् । देशका लागि केही गरौँ भन्ने वौद्धिक व्यक्ति हामीले पाएका छौँ भन्ने सन्देश अहिले जनताको घरदैलोमा पुगेको छ । यो पनि मेरो जित्ने अर्को आधार हो । 
अघि पनि मैले भने । हामी फरक–फरक उठ्दा पनि निकै झिनो मत अन्तरले हारेको यो क्षेत्रमा अहिले दुबै कम्युनिष्ट पार्टी एक भएको अवस्थामा जित झन् सहज भएको छ । स्थानीय निर्वाचन र ७० सालको निर्वाचनको तथ्याङ्कले पनि हामी यो क्षेत्रबाट मात्र होइन देशभरीबाटै दुईतिहाई बहुमत ल्याउँछौँ । दुई पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डको लोकप्रियता पनि हाम्रो जितको आधार हो । अझ हामी दुई कम्युनिष्ट मिल्दा यो पार्टीमा चार जना पूर्व प्रधानमन्त्री रहनु हुनेछ । अरु कुनै पनि पार्टीमा जिवित चार पूर्व प्रधानमन्त्री छैनन् । त्यसकारण पनि हामीले यो जित्ने आधार हो । नेपाली कांग्रेसका प्रधानमन्त्रीले गरेको विकृतिको कामले पनि वाम गठबन्धनलाई जित्न सहज भएको छ । 

मैले विभिन्न पदमा रहँदा देशको विकासका लागि गरेको योगदानको पनि जनताले मूल्याङकन गरेका छन् । देशका लागि केही गरौँ भन्ने वौद्धिक व्यक्ति हामीले पाएका छौँ भन्ने सन्देश अहिले जनताको घरदैलोमा पुगेको छ । यो पनि मेरो जित्ने अर्को आधार हो । 

अहिलेसम्म यो क्षेत्रमा चुनावका लागि हेर्ने हो भने मेरो प्रतिष्पर्धी नै हुनुहुन्न । हो, यो क्षेत्रमा अन्य पार्टीले पनि निकै राम्रा व्यक्तिहरुलाई उम्मेदवार बनाएको छ । म उहाँहरुलाई आलोचना गर्ने पक्षमा छैन । तर, मेरो पृष्ठभूमि, मैले गरेको योगदान, संगठनको अवस्था, मतदाताले मप्रति गरेको मायाँ सबै कारणले गर्दा यो क्षेत्रमा जित्ने उम्मेदवार म मात्रै हुँ । 
म यो क्षेत्रबाट व्यक्ति उम्मेदवार बनेको होइन । प्रतिनिधिसभामा आदरर्णीय नेता कृष्णगोपाल श्रेष्ठ हुनुहुन्छ । प्रदेश ख मा केशव पोख्रेल हुनुहुन्छ । हामी तीन जना मात्र होइन समग्र वाम गठबन्धन जिताउने अभियानमा लागेका छौँ । र हामी सफल हुन्छौँ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: