×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘हाईटेक’ र ‘अम्बे प्रिमियम’ सिमेन्टको नेपाल गुणस्तर चिन्ह खारेज, शिवम् सँग भने विभागकै मिलेमतो !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – दुइ सिमेन्टको नेपाल गुणस्तर चिन्ह खारेज भएको छ । अम्बे सिमेन्टको ‘हाईटेक’ र ‘अम्बे प्रिमियम’ ब्राण्डका दुर्इ सिमेन्टको नेपाल गुणस्तर चिन्ह खारेज भएको हो । नेपाल गुणस्तर तथा नापतौल विभागका अनुसार जिप्सम र क्लिंकर मात्रै प्रयोग गरेर ओपिसी सिमेन्ट उत्पादन गर्नुपर्नेमा ‘स्ल्याग’ मिसाएको पाइएपछि गुणस्तर चिन्ह खारेज गरिएको हो । 
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार नियम अनुसार अव यी सिमेन्ट बेच्न पाइने छैन ।’पटक पटक सचेत गराउँदापनि नटेर्ने काम भयो । त्यसैले यी सिमेन्टको गुनासर चिन्ह खारेज गरिएको छ ।’ उनका अनुसार अब कम्पनीले यी दुर्इ ब्राण्डको गुणस्तर चिन्ह लिन नयाँ प्रकृया अनुसार आउनुपर्छ।जसका लागि थप तीनदेखि ६ महिनासम्म लाग्नेछ ।

 नेपाल गुणस्तर तथा नापतौल विभागका अनुसार जिप्सम र क्लिंकर मात्रै प्रयोग गरेर ओपिसी सिमेन्ट उत्पादन गर्नुपर्नेमा ‘स्ल्याग’ मिसाएको पाइएपछि गुणस्तर चिन्ह खारेज गरिएको हो । 

यता पटक पटक शिवम सिमेन्ट पनि कमसल भेटिंदा पनि शिवम सिमेन्टलाई भने उन्मुक्ति दिइएको छ । यसले शिवम र विभागबीच ठुलै रकम चलखेल भएको अनुमान गरिएको छ । शिवम सिमेन्ट यसअघि विभागकै अनुगमनका क्रममा कमसल भेटिएको थियो । तर त्यहिबेला देखि नै खारेजीको प्रक्रियामा जान लागेको नेपाल गुणस्तर चिन्हलाई शिवम सिमेन्टले विभागसँग मिलेमतोमा सिमेन्टलाइ टिकाईराखेको आरोप विभाग र सिमेन्ट दुबैलाई छ ।   
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: