×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अन्नपूर्ण होटलमा क्यासिनो इजाजत रोक्न माग गर्दै पर्यटन विभागमा उजुरी, मजदुरहरुको यस्तो माग, अव के हुन्छ ?

अन्नपूर्ण होटलपरिसरमा सञ्चालन भएको अन्ना क्यासिनोमा काम गर्ने मजदुरहरुले पाउनुपर्ने सुविधा अहिलेसम्म नपाएको भनी उक्त होटलमा कुनै कम्पनी तथा व्यक्तिलाई क्यासिनो इजाजतपत्र अनुमति दिने कार्य रोक्का गर्नुपर्ने भन्दै पर्यटन विभागमा उजुरी परेको छ । अन्ना क्यासिनोमा काम गर्ने नौ सय २२ जना कर्मचारीलाई दिइनुपर्ने ३२ करोड रुपैयाँ नदिई क्यासिनो बन्द भएकोले उक्त होटलमा क्यासिनो सञ्चालन गर्न नमिल्ने मजदुरहरुको भनाइ छ ।
उक्त होटलमा बन्द भएको अन्ना क्यासिनोविरुद्ध अदालतमा समेत मजदुरहरुले मुद्दा हालेका छन् । उनीहरुले अन्ना क्यासिनो बन्द हुँदा राज्यलाई कर समेत नदिएको दाबी गरेका छन् । कर नतिरेको क्यासिनो तथा मजदुरहरुको समेत तलबभत्ताबापतको पैसा नतिरेको अवस्थामा नयाँ क्यासिनो सञ्चालन गर्न पाउनु अनुपयुक्त रहेको मजदुरहरुको भनाइ छ । पर्यटन विभागले उक्त अवस्थामा नै अन्नपूर्ण होटलपरिसरमा प्राइड क्यासिनोलाई सञ्चालनको पूर्वस्वीकृति दिएपछि अन्ना क्यासिनोका मजदुरहरु आक्रोशित भएका हुन् ।
मन्त्रालयको आदेश भन्दै १६ करोडभन्दा बढी बक्यौता नतिराई पर्यटन विभागले होटल अन्नपूर्णमा प्राइड क्यासिनो सञ्चालनको लागि स्वीकृति प्रदान गरेको थियो । पर्यटनमन्त्री जीतेन्द्र देवको आग्रहमा विभागले प्राइडलाई पूर्वस्वीकृति दिएको बताउँदै आएको छ । अन्नपूर्ण होटलकी कार्यकारी सृजना राणासँग मन्त्री देवले अनुचित लाभ लिएर पूर्वस्वीकृति प्रदान गरेको खुलसा समेत भएको थियो । विभागले स्वीकृति प्रदान गरे पनि मन्त्रालयबाट आदेश आएकोले प्राइडलाई पूर्वस्वीकृति प्रदान गरेको विभागले बताएको हो । सृजना राणाले प्रइडलाई प्रि–लाइसेन्स प्रदान गर्न धेरै चलखेल समेत गरेको पाइएको छ । योभन्दा अघि इम्पेरियलले पूर्वस्वीकृति पाइसके पनि अहिलेका मन्त्री जीतेन्द्र देवसँग ‘सुसुमत’ गरेपछि इम्पेरियलको लाइसेन्स खारेज भएको हो । क्यासिनो इम्पेरियलका धिरेन मोक्तान र भारतीय साझेदार आशिष पट्टेल अदालत गएका छन् । उक्त मुद्दाको छिनोफानो समेत भएको छैन ।
मुद्दा छिनोफानो नगरी राणाले हायात रिजेन्सी होटलमा प्राइड क्यासिनो सञ्चालन गरेका विनय शाहलाई नयाँ क्यासिनोको अनुमति दिएकी छन् । विनय शाहले आफ्ना भारतीय साझोदारहरुसँग पैसा लिएर सृजना राणालाई बुझाएको थाहा भएको छ । १५ वर्ष क्यासिनो सञ्चालन गर्न २० करोड रुपैयाँ दिने र सृजना राणाले क्यासिनो सञ्चालन गर्न दिएबापत १५ करोड रुपैयाँ घुस दिने सम्झौता भएको थियो । सोही सहमतिअनुसार भारतीय साझेदार अशोक क्षेत्रपाल र बलदेवराज अरोराले ३५ करोड रुपैयाँ बुझाइसकेका छन् । २० करोड रुपैयाँ होटलको खातामा बुझाइएको र १५ करोड रुपैयाँ सृजना राणाको लण्डनमा रहेको खातामा बुझाएको पाइएको छ । भारतीय नागरिकले ल्याएको उक्त पैसा बैंकिङ प्रणालीबाट नआएको समेत स्रोतले जानकारी गराएको छ ।
पहिले अन्ना क्यासिनो बन्द गराउन पनि सृजना राणाले धेरै चालबाजी गराएको थाहा भएको छ । उनले क्यासिनो रहेको भवन समेत भत्काएकी थिइन् । त्यसपछि आफ्नो भाइ र आफन्तहरुमार्फत भारतीय नागरिक आशिष पटेललाई नयाँ क्यासिनो सञ्चालन गर्न प्रस्ताव गरेकी थिइन् । कात्तिक २५ गते हायात होटलमा सञ्चालित प्राइड कम्यासिनोका सञ्चालक विनय शााहलाई १५ वर्षका लागि क्यासिनो चलाउन दिने सम्झौतापत्रमा हस्ताक्षर गराएकी हुन् । उक्त सम्झौतापत्रमा होटलका महाप्रबन्धक राज शाह र प्राइड क्यासिनोका सञ्चालक विनय शाहले हस्ताक्षर गरेका हुन् ।
प्राइडका सञ्चालक शाहले सृजनासँग आफूले अन्नपूर्ण होटलको कुमारी हल लिज(भाडा)मा लिएर भारतीय नागरिक अशोक क्षेत्रपाल र बलदेवराज अरोरालाई दिएकी हुन् । सम्झौतामा भाडा (लिज) एग्रिमेन्ट १५ वर्षको हुनेछ । क्यासिनो चलाउने पक्षले पाँचतले भवन बनाएर क्यासिनो चलाउने, लिजबापत होटललाई २० करोड रुपैयाँ अग्रिम दिने, उक्त रकम भाडामा कटाउँदै जाने, त्यही रकमबाट भवन बनाउने गरी सहमतिपत्रमा हस्ताक्षर भएपछि एक करोड रुपैयाँ अग्रिम रकम दिएको र अरु बाँकी १९ करोड रुपैयाँ १५ दिनभित्र दिने सहमति पाइएको हो । आर्थिक दैनिकबाट
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: