×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘न्यूरो’ अस्पतालको गैरकानुनी धन्दा, राजश्व विभागको स्वीकृतिनै नलिइ कम्प्यूटर बिजक जारी गरेको पुष्टी !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – आपूर्ति मन्त्रालय अन्तर्गत आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनका क्रममा चर्चित चिकित्सक उपेन्द्र देवकोटाले सञ्चालन गरेको बाँसबारी स्थित ‘न्यूरो’ अस्पतालले ठगी गरेको पाइएको छ । अस्पतालले गैरकानुनी रुपमा सेवा शुल्क भन्दै १० प्रतिशत अतिरिक्त शुल्क लिएको भेटिएको भने अस्पतालले गर्ने बिलिङ समेत गैरकानुनी भेटिएको छ । 
‘स्वीकृतिनै नलिइ कम्प्युटर बिलिङ गर्ने गरेको भेटिएको छ । यो सरासर गैरकानुनी हो ।’ विभागका महानिर्देशक कुमार प्रसादले अर्थ सरोकार डटकमलाई जानकारी दिए । उनका अनुसार एक लाख रुपैयाँ बराबरको स्वास्थ्य सेवा लिने बिरामीले अस्पताललाई थप १५ हजार रुपैयाँ तिर्नुपर्ने बाध्यता छ ।
यसो त डा. उपेन्द्र देवकोटा कुनै समय साना करदाताहरुको उत्कृष्ट सुचीमा पर्न सफल डाक्टर हुन् । उनले संचालन गरेको न्युरो अस्पतालले ५ प्रतिशत स्वास्थ्य सेवा शुल्क भनेर १० प्रतिशत लिँदै आएको भेटिएको छ । यसले एकातर्फ सेवाग्राहीहरु मर्कामा परेका छन् भने अर्कोतर्फ स्वीकृति नै नलिइ कम्प्युटर बिलिङ गरिएकाले त्यसले नेपालको प्रचलित कानुनको धज्जी समेत उडाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: