×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मेगा-टुरिजम मर्जरमा अर्थ सरोकारको फलोअप, न्यूज डेस्कमा ‘चौतर्फी प्रेसर’ र सम्पादकको भोगाई (सम्पादकीय)

  • सुरज प्याकुरेल / अर्थ सरोकार डटकम 
मेगाको विशेष साधारणसभाबाट सहकर्मी हरिजंग परियारले फोन गरेर भने, ‘सर मेगा र टुरिजमको मर्ज भयो है, म फोटो स्टोरी लिएर आउँदैछु ।’ एलएलबीको परिक्षाबाट निस्किंदै गर्दा आएको यस्तो फोनपछी मैले मनमनै मर्जर चाहानेहरुलाई बधाई दिएँ र मर्जर नचाहनेहरुलाई सान्त्वना मिलोस् भनेर कामना गरें । मेगा र टुरिजम मर्ज भएकै कारणले को को खुसी छन्, कस-कसलाई फाइदा भयो, को को दुखी छन्, कसकसलाई घाटा भयो भन्ने मैले राम्रोसँग बुझेको थिएँ र छु । मध्यबानेश्वरको परिक्षा केन्द्रबाट कोटेश्वरस्थित कार्यालयसम्म आइपुग्दा नचाहेरै पनि मेरो मनले एक पटक मेगा र टुरिजम मर्जर हुने निर्णय गर्न बसेको बैठक सम्झ्यो, मलाइ मेगाकि रबिना देशाराज श्रेष्ठले थर्काएको सम्झना भयो ।
त्यो बैठक, न्यूज डेस्क र ‘हावा’ भनिएको अर्थ सरोकारको समाचार !
मेगा बैंक र टुरिजम मर्जरमा जाने निर्णयसहित बैठक बसीरहेको खबर आयो । सुरुमा त मैले पनि पत्याईन । अनलाइन खोलेको भर्खर केहि समयमात्र भएको थियो । ‘क्रेडिबिलिटी’ गुम्ला भन्ने ठुलो डर थियो । तर मैले खटाएको स्रोतप्रति मैले अविश्वास गर्ने कुरै भएन । मैले दोश्रो पटकपनि समाचार दिने स्रोतलाई यसबारे सोधें । उनले सविस्तार भनेपछी मैले रातारात मेगा र टुरिजम मर्ज हुँदैछन् भन्ने समाचार हालें । 
समाचार प्रकाशित भएको करिव १० मिनेट भएको हुँदो हो, हवारह्वार्ति फोन आउन थाल्यो । कतिपय मिडियाका साथीहरुले, ‘हुनै नसक्ने कुरा’ भने । कतिले हामीले पनि समाचार हालौं कि भनेको के हो कुरा भनेर सोधे । टुरिजमकै एक कर्मचारीले फोन गरेर, ‘यस्तो हावा समाचार पनि लेख्ने ? म टुरिजमको कर्मचारीलाई नै थाहा छैन’ समेत भने । तर पनि हाम्रो समाचार सत्य थियो भन्ने मैले बुझेको थिएँ । सामाजिक संजालमा पनि थुप्रै प्रतिक्रिया आए । ‘समाचार ब्रेक’ गर्दाको फाइदा राम्रोसंग महसुस गरें । त्यहि दिन नै राष्ट्र बैंकमा मर्जरको विपक्षमा उजुरी परेको रहेछ । हामीले त्यो पत्र पनि पायौं । र अर्को समाचार लेख्यौं । त्यसबेला सम्म नेपालका कुनै पनि मिडियामा मर्जरबारेमा समाचार आएन । 
हामीले लेखेको समाचारपछी त मेगाबारे समाचारको चाङ नै बन्न थाल्यो अर्थ सरोकारको न्यूज डेस्कमा । संचालकको अयोग्यता, तत्कालीन सीइओको बल्मिच्याइ, बैंकभित्रका अनेक लफडा, बैंकभित्रका अनेक काण्डहरु प्रमाणसहित मेलमा आउन थाले । हामीले बैंकभित्र कति समस्या रहेछ भन्ने बुझ्यौं ।
रविना मेडमसंगको त्यो भेट र मलाइ गरिएको आधा घण्टे गाली ! 
मेगाका बारेमा निरन्तर समाचार आएपछि हामीलाई अनिल शाहले बोलाए । त्यतिबेला सम्म हामीले शाहका बारेमा पनि थुप्रै समाचार लेखिसकेका थियौं । अनिल शाह बैंकिमा जे देखिएका थिए त्यो होइनन भन्ने हामीलाई राम्रोसंग थाहा थियो र हामी त्यहि कुरा जनतालाई थाहा दिन कोशिस गरिरहेका थियौं । शाहसंगको भेटमा हाम्रो सामान्य कुरा भयो । उनले समाचार लेख्नुको कारण सोधे, हामीले स्पष्ट बतायौं । अनिल शाह जे देख्छ समाजले त्यो होइन भनेर हाकाहाकी भन्दा उनी झस्के जस्तो भए । तुरुन्त मोबाइल खोलेर मलाइ एड गर्न खोजे । तर यसअघि नै उनले मलाइ ब्लक गरिसकेका थिए । सोचेको भन्दा फरक जवाफ आएर होला उनी थप बोल्न चाहेनन् । 
केहि दिनमा बैंककि रविना देशराज श्रेष्ठले बोलाउनु भयो । मैले राम्रो मान्ने महिलामध्येको एक हुनुहुन्थ्यो उहाँ । उहाँलाइ नै थाहा छैन होला तर कतिपय ठाउँमा उहाँ जज भएको कार्यक्रममा म प्रतिष्पर्धी भएर उभिएको छु । उहाँप्रति मेरो छुट्टै आस्था छ । महिला भएर बैंकिमा जे गर्नुभएको छ, त्यसप्रति सम्मानपनि छ । तर त्यो दिन उहाँप्रतिको मेरो धारणा नै परिवर्तन भयो । मलाइ त उहाँले थर्काउन पो बोलाउनुभएको रहेछ । आधा घण्टाजस्तो नमज्जासँग थर्काउनुभयो । नबोलेको भए हुने वा नजोडेको भए हुने विषयपनि जोड्नु भयो । ‘घरमा दिदिबहिनी छैनन् ? मेरो बारेमा समाचार लेख्ने ? मैले तिम्रो के बिगारिदिएको छु र ? तिमी भन्दा जेठो त मेरो छोरा छ, के सोच्च्छौ आफुले आफुलाई ? मलाइ अनिलले प्रमोसन गर्नु पर्छ र ?’ जस्ता कुराहरु निकै आक्रामक शैलीमा बोल्नुभयो । एक घण्टासम्म के के कुराकानी भयो त्यो सबैलेखेर साध्य छैन, सायद लेख्न नहुने कुरा पनि होलान । मैले पूर्व तयारी गर्दै उनको सबै कुरा रेकर्ड गरेको थिएँ । अहिले कहिलेकाहीं सुन्छु, खुब रिस उठ्छ । 
मैले सोचेको थिएँ, ‘त्यहाँ समाचारको विषयमा कुरा हुन्छ । समाचार सन्तुलनका बारेमा उहाँको गुनासो हुन सक्छ ।’ तर उहाँले निरन्तर थर्काईरहनुमात्र भयो । मेगाको समाचार लेखिरहेको एउटा पत्रकारमाथि कतै ‘इगो हर्ट’ पो भयो कि जस्तो आफैंलाइ महसुस भयो । मेगाका खास कुरा त आफ्नो ठाउँमा छ, सामान्य विषयपनि क्रिटिकल एंगलबाट आउने कारण पनि त्यो हुन सक्छ । म मेरो संवेदनालाई रोक्न सक्दिन । हरेक न्यूज डेस्कका सम्पादकहरुको कमजोरी हो यो, जुन धेरैले सुधार्न आवश्यक छ । मैले पनि । 
रविना मेडमको ढोकाबाट बाहिरिंदै गर्दा मैले समाचार कुनै पनि हालतमा नरोक्ने निश्चय गरिसकेको थिएँ । किनकि समाचारको विषयलाई लिएर मेडमले बोलेका केहि व्यक्तिगत कुराहरु, केहि व्यक्तिगत लान्छनाहरुले एकातर्फ उहाँ कति विषय बाहिर जानु भयो भन्ने देखिंदै थियो भने अर्कोतर्फ समाचार कुन हदसम्म सत्य छ भन्ने स्पष्ट हुँदै थियो । केहि दिनमा मेगाका अरु संचालकहरुले पनि बोलाउनु भयो । भेत्नुमा मेरो कुनै स्वार्थ थिएन । हरेक पक्षको कुरा सुन्न पाए समाचार झन् सन्तुलित हुन्थ्यो । अन्य केहि संचालकहरुसंग भेटघाट भयो । उहाँहरुले सहयोगको आग्रह गर्नुभयो । मैले सुनीमात्र रहें । मैले रबिना मेडमको व्यवहारले व्यक्तिगत रुपमा दुखी भएको पनि सुनाएँ । केहि समयपछी एक सञ्चालकको आग्रमा रविना मेडमले मलाइ फोन गरेर निकै मीठो भाषामा हालखबर सोध्नुभयो ।

पीडितहरुको चित्कार र विज्ञापनको बात !
केहि समयपछी मेगाको मर्जरले हामी पीडीत भयौं, अरु कसैले लेख्दैन तपाईंले लेखिदिनु पर्यो भन्दै समूहनै मलाइ भेट्न आउनुभयो । उहाँहरुको कुरा सुन्दा जायज पनि थियो । यो मर्जरबाट मेगाका लगानीकर्ताहरुलाई घाटा थियो । यहि बीचमा मेगाका अन्य केहि कर्मचारीहरुले पनि मर्जरका विषयमा सोधीरहनुहुन्थ्यो । कति सेयर होल्डरहरुले त ‘तपाईंहरु पनि बिक्ने ? मेगाको विज्ञापन हाल्ने ? भनेर कराउनुभयो । मैले विज्ञापन फरक पाटो हो भनेर उहाँहरुलाई सम्झाएँ । व्यापार र समाचारको सन्तुलन एउटा सम्पादक र मिडिया मालिक दुवै हुँदा कतिसम्म गाह्रो कुरा रहेछ भन्ने पनि बुझें । यो बीचमा मैले नेपाली मिडियाको गलत पक्षपनि बुझें । केहि दिन अघि मेगाका एक कर्मचारीले मेसेज पठाउनुभयो, ‘अव विज्ञापन राख्नु पर्दैन । हटाइदिनुस, तपाईंको पूरानो पेमेन्ट पनि हुँदैन । अव जति लेख्नु छ लेख्नुस ।’ मैले बुझें विज्ञापन त मर्जर गराउन सहयोग गर्नुस भनेर पो दिएका रहेछन । औपचारिक मेल पठाउन आग्रह गरेको छु । मेल आएपछि एक सेकेन्ड पनि विज्ञापन राख्दिन ।

विद्रोहमा नियम नहुने रहेछ !
अर्थ सरोकारको सम्पादक भएर हेर्दा मलाइ त्यहाँका गोप्य जानकारी आउनु राम्रो हो । तर मेगाको केसमा अलि फरक महसुस गरें । म बैकिङ कुनै हदसम्म बुझेको पत्रकार र बिजनेश पढेको व्यक्ति भएकाले बैंकभित्रका केहि नियमहरु मलाइ थाहा छ । तर विद्रोहमा नियम नहुने रहेछ । मेगाका बोर्ड बैठकका कलह, झगडा, तँ-तँ, म-म गरेका रेकर्डहरु अझै पनि मसंग छन् । माइन्यूटका प्राय सबै कपिहरु मसंग छन् । कहिलेकाहीं यो चाहिं अति नै हो कि जस्तो पनि लाग्छ ।  तर यसै आधारमा मैले थुप्रै थप मेगाका न्यूजहरु बनाउन सक्छु भन्ने आत्मविश्वास आएको छ ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: