×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

महँगो भो चुनाव ! पछिल्लो एक महिनामा बैंकहरुबाट अत्याधिक रकम झिकियो, बैंकर भन्छन्, ‘यस्तो त धेरैपछि भयो’

  • रेखा ग्वायमरु / अर्थ सरोकार डटकम 
काठमाडौँ – देशमा २१ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन हुँदैछ । निर्वाचनमा जित्नका लागि साम, नाम, दण्ड, भेद सबै लगाएर उम्मेदवारहरु रस्साकस्सीमा छन् । चुनावमा मतदातालाई आकर्षित गर्न पैसा नै दिने गलत चलन पनि नेपालमा छ । यसो त चुनाव भनेपछि अत्याधिक खर्च गरिने समयको रुपमा पनि लिइने गरेको छ । नेपालको २१ गतेको चुनावको हकमा पनि यस्तै भएको छ । चुनावका समयमा रकम अत्याधिक झिकिएपछी बैंकहरुमा रकम अभाव हुन थालेको छ । 
‘धेरै पछी यसरी पैसा निकालिएको छ ।’ एक बैंकरले अर्थ सरोकार डटकमसँग भने, ‘नेपालको चुनाव कति महँगो हुँदो रहेछ भन्ने यसैपाली थाहा पायौं । यसअघि स्थानीय तहको निर्वाचनमा यति पैसा आउटफ्लो भएको थिएन ।’ उनका अनुसार चुनावका कारण अत्याधिक रकम झिकिएपछी बैंकहरुसँग अहिले पर्याप्त तरलता छैन । ‘यो अवस्था ‘ओभरकम’ हुन अझै केहि समय लाग्छ । लगभग २ हप्ता त लाग्ने नै भो ।’ 
विशेषगरी काठमाडौँ जिल्ला बाहिरका बैंकका साखाहरुबाट बढी रकम झिकिएको छ । यसो त काठमाडौँका साखाहरुमा पनि यसरी रकम कमै बेला झिकिएको बैंकरहरु बताउँछन् । यो अवस्था कुनै एक वा दुइ बैंकमा होइन । काठमाडौँका अधिकांस बैंकहरुमा यस्तै छ । चुनावको अघिल्लो दिनसम्म पैसा झिक्नेहरु अत्याधिक भएको बैंकरहरु बताउंछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: