×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘भोट लैजाऊ, एउटा सिटामोल देउ’ : ज्वरोको प्रकोपले १२ को ज्यान लिंदा मुगुका स्वास्थ्य संस्थामै औषधि छैन !

  • रेखा ग्वायमरु  / अर्थ सरोकार डटकम 
मुगु- नेताहरु ठुला ठुला गफ दिंदै भोट मागिरहेका छन् । देशलाई ‘स्मार्ट’ बनाउने नाममा होस् वा स्वीजरल्याण्ड बनाउने नाममा सपनाको खेती भइरहेको छ । गाउँ गाउँमा सपनाको खेती गरेर भोट उब्जाउने लहडमा लागेका नेताहरुले चुनावम भोट दिए सबै समस्या  हल हुन्छ जसरी सपना बाँडीरहेका छन् । तर यहि देशको एउटा जिल्लामा जनताहरु ज्वरोले छटपटीएर औषधि नपाएर मर्दा पनि सरकार बेखबरजस्तै बनेको छ ।  
खबर मुगुको हो, भाइरल ज्वरोले मुगुमा कम्तीमा १२ को मृत्यु भएको छ । जिल्लाका खत्याड, रोरु, गम्था, रिघा, रातापानी, कोटडाँडा, श्रीकोटलगायत गाउँमा ज्वरोको प्रकोप महामारीका रूपमा फैलिएपछी जनता भकाभक मर्दा पनि सरकार बेखबर छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार रिघा गाउँका बिउरासर पाण्डे, विष्णु जैसी, ऋषिसन्न उपाध्याय, सुकाढिककी पूर्वा कार्की, सेरी साटबाडका सिंहबहादुर बुढा, खमाले कवाकी, मागी रोकाया, पैखुगाउँका धनसिंह थापा, दलसुर थापा, छायानाथ राराका लालशोभा बुढा, धर्मकला शाही र एक वर्षीय बालकको मृत्यु भएको छ । करिब डेढ सय घरधुरी रहेको रिघा गाउँमा भाइरलले बालकदेखि वृद्धसम्म थला परेका छन् । 
विरामी कुर्ने मान्छेसम्म छैनन्, हेल्लो सरकार औषधि चाहियो !
बिरामी कुर्ने मान्छे छैनन्, सारा ज्वरोले पल्टिएका छन् ।  औषधि किन्ने पैसा छैन । कडा ज्वरो आउने, टाउको दुख्ने, घाँटी पाक्ने, पेट दुख्ने, रिँगटा लाग्ने, बान्ता आउने, आँखा दुख्ने, खाना नरुच्नेलगायत लक्षण बिरामीमा देखिएका छन् । यता जनस्वास्थ्य कार्यालय आफुहरुसँग औषधि किन्ने बजेट नभएको बताउँछ । रातापानीमा प्राथमिक स्वास्थ्य केन्द्र र गम्था, सेरी र खमाले गाउँमा स्वास्थ्य चौकी भए पनि सिटामोलसमेत नहुँदा बिरामी बचाउन कठिन भएको  छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: