×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

शशीन जोशीलाई निकालेको नबिल बैंकमा अव को होला सीइओ ? यी २ जनासँग हुँदैछ ‘बार्गेनिङ’ !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- ‘टार्गेट’ अनुसार काम नगरेको भन्दै घुमाउरो पाराले तत्कालीन सीइओ शशीन जोशीलाई संचालक समितिले निकालीदिएपछी अव नबिल बैंकको सीइओ को बन्छ भन्ने चर्चा चल्न थालेको छ । जोशीलाई बैंक सञ्चालक समितिले घुमाउरो पारामा बैंक छोड्न दवाव दिएपछि जोशीले बैंक छोडेको खबर अर्थ सरोकार डटकमले पहिलोपटक ब्रेक गरेको थियो । उक्त समाचारपछी नै अव नबिलको सीइओ को होला ? भन्ने चर्चा चलीरहेको थियो । यसैबीच अर्थ सरोकारले नबिल बैंकले को-को संग बार्गेनिङ गर्दैछ भन्ने तथ्य पत्ता लगाएको छ ।
केहि समयअघि ग्लोबल आइएमइ बैंक छाडेका अनिल ज्ञवालीसँग नबिल बैंकको एक चरणको कुराकानी भइसकेको छ । यता एनआइसी एसिया बैंकका सीइओ लक्ष्मण रिसाललाई पनि सीइओको अफर गरिएको छ । यद्यपी रिसालले यसबारे केहि पनि प्रतिक्रिया दिएका छैनन् । अर्कोतर्फ बैंककै डेपुटी सीइओलाइ सीइओ बनाउनेबारे पनि चर्चा भइरहेको छ । यद्यपी नबिलका हालका डेपुटी सीइओले सीइओ बन्ने हैसियत नराखेको भन्दै यस विषयमा संचलाक समितिमै विवाद रहेको नबिल बैंक संचालक समितिका एक सदस्यले अर्थ सरोकार डटकमलाई बताएका छन् ।
‘अनिल ज्ञवालीसंग एक चरणको कुराकानी भएको छ । लक्ष्मण रिसालसंग पनि एक चरणको कुराकानी भएको छ । बैंककै डेपुटी सीइओलाइ सीइओ बनाउने समेत कुरा छ । तर हामीबीच नै सहमति हुन सकेको छैन । सहमति हुने बितिकै अर्थ सरोकार डटकमलाई पहिलो कल आउनेछ । हुन त अनिल शाहसंग पनि कुराकानी भइरहेको छ । सेन्चुरीमा तलवका कारण उनी जान नपाउने भन्ने सुनेकाले हामीले शाहसंग पनि कुराकानी गरिरहेका छौं ।’ बैंकका एक संचालकले अर्थ सरोकारकर्मीसंग भने । यद्यपी जोशीले छोडेपछि बैंकलाइ ठुलो राहत मिलेको उनको दावी थियो । ‘अरु बैंकका केहि सीइओहरुसंग पनि कुराकानी भएको छ । यो विषयमा उनीहरुको प्रतिक्रिया आएपछि जानकारी गराउउंला ।’ उनले भने ।                
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: