×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल बङ्गलादेश बैंकले खोल्यो ४ नयाँ शाखा

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले नयाँ ४ वटा शाखा खोलेको छ । बैंकले मंसिर १३ गते जुम्लाको सिन्जा, मंसिर १७ गते धनकुटा जिल्लाको भेडेटार तथा तेह्रथुमको छत्तरमा शाखा बिस्तार गरेको हो ।
मंसिर १८ गते सङ्खुवासभाको पाँचखपन नयाँ शाखाको औपचारिक शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना, बैंकका नायव महाप्रबन्धक सुरेन्द्र भुषणको उपस्थितिमा बैंक संचालकहरुको सभापतित्वमा भएको हो ।
सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगानाले बैंकका सेवाहरुको बारेमा आफ्नो मन्तव्य राखेका थिए । साथै भेडेटार साङ्गुरीगढी परिसरमा एटिएम सेवा पनि सुरु गरेको जानकारी बैंकले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।
थप ४ शाखासहित बैंकले ५४ शाखा, ५ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बैंकिङ सेवा तथा ४८ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: