बाम गठबन्धनभित्र आन्तरिक सहमति, 'पहिला ओली प्रधानमन्त्री, प्रचण्ड पार्टी अध्यक्ष, त्यसपछि पालैपालो'


काठमाडौँ- अहिले देशभरबाट मतपरिणाम आउने क्रम जारी छ । जताततै बाम गठबन्धनकै दबदबा छ । दुइ तिहाइ आउने नदेखिएपनि बाम गठबन्धनको स्पष्ट बहुमत आउने देखिएको छ । यो बीचमा मत परिणाम आउंदै गर्दा बाम गठबन्धनभित्र ओलीलाई पुन: प्रधानमंत्री बनाउने र प्रचण्ड  एकतापछिको पार्टी अध्यक्ष हुने सहमति भएको छ ।   

'मतपरिणाम जे जस्तो आएपनि बाम गठबन्धनको बहुमत आउने स्पष्ट छ । त्यसपछि ओली प्रधानमन्त्री बन्ने र प्रचण्डलाई पार्टी अध्यक्ष दिने सहमति भएको छ ।' बाम गठबन्धन बनाउन महत्वपूर्ण भूमिका खेलेका एक नेताले अर्थ सरोकार डटकमसँग भने ।

उनका अनुसार पालैपालो पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्ने गरी अहिलेको माओवादी र एमालेबीचका समूहहरुलाइ मिलाएर जाने सहमति बनिसकेको छ ।      
प्रकाशित : Friday, December 08, 2017
,

recent

Popular Posts