×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

करदाताका लागि खुसीको खबर, वैशाखदेखि घरबाटै कर तिर्न सकिने, डिजिटल पेइमेन्ट सुरु हुने !

काठमाडौं – कर तिर्न करदाता सेवा कार्यालयमा लामो लाइन बस्नुपर्ने बाध्यता अव सकिने भएको छ । सरकारले राजश्व प्रशासनबाट दिइने सेवालाई सरल एवम् कम खर्चिलो बनाउने उद्देश्यले विद्युतीय भुक्तानी (डिजिटल पेमेन्ट) प्रणाली लागू गर्ने तयारी गरेको छ । आगामी बैसाखदेखि नै यो प्रणाली लागु हुने भएको हो । 
अर्थ मन्त्रालयका सहसचिव शोभाकान्त पौडेलका अनुसार बैसाखदेखि डिजिटल पेमेन्टमार्फत कर भुक्तानी गर्न सकिनेछ । उनका अनुसार मूल्य अभिवृद्धि कर, आयकर र अन्तःशुल्कजस्ता मुख्य करहरु विद्युतीय प्रणालीमार्फत भुक्तानी हुनेगरीको तयारी गरिएको छ । 
यस प्रणालीले राज्य कोषमा आउने रकम समयमै आउने तथा कर अधिकृत र करदाताबीचमा सिर्जित अवरोधहरु निराकरण हुने विश्वास लिइएको छ । पहिलो चरणमा विभागको ४९ वटा क्षेत्रगत कार्यालय ९२२ आन्तरिक राजश्व कार्यालय, २६ करदाता सेवा कार्यालय ९१३ काठमाडौँ उपत्यका र १३ उपत्यका बाहिर साथै एउटा ठूला करदाता कार्यालयमा उक्त प्रविधि प्रयोगमा ल्याइनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: