×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

१२ दिनपछी फेरि बढ्यो पेट्रोलको भाउ, मंगलबार रातिबाट लागू हुने, यस्तो छ पछिल्लो मूल्यसूची

काठमाण्डौ – पेट्रोलको भाउ फेरि बढेको छ ।  नेपाल आयल निगमले १२ दिनको अवधिमै दोश्रोपटक पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । मंगलबार रातिबाट बढेको भाउ लागु हुनेछ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर रु एक/एकका दरले मूल्यवृद्धि गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिएका छन् । 
यसअघि मंसिर २२ गतेमात्र पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको थियो । मूल्यवृद्धिपछी अब पेट्रोलको प्रतिलिटर रु १०१ तथा डिजेल र मट्टीतेलको रु ७८ मूल्य कायम हुनेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: