×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चुनाव जित्ने बितिकै प्रकाशमान सिंहले आफु विरुद्ध समाचार बजाउने टेलिभिजन पत्रकारलाई यसरी थर्काए !

काठमाडौँ- प्रकाश मान सिंहले चुनाव जित्ने बितिकै एक टेलिभिजन पत्रकार थर्काएका छन् । रातको सवा २ बजे उनले आफु चुनावमा बिजयी भएपछी पत्रकार थर्काएका हुन् । मतगणना स्थलबाट नै उनको कार्यक्रम लाइभ प्रशारण भएको थियो । 
तर एक चर्चित निजी टेलिभिजनका पत्रकारले प्रकाशमानज्यू तपाईलाई बधाइ छ भनेर कुराकानी सुरु गर्नासाथ सिंहले उक्त टेलिभिजनलाई गाली गर्न सुरु गरिहाले । चुनावका बेलामा सो टीभीले ‘बायस न्युज’ दिएको भन्दै प्रकाशमानले औलो ठड्याउँदै गाली गरे । र, पिठ फर्काएर हिँडे ।
लगत्तै अन्य टेलिभिजनकर्मीलाई भने उनले प्रतिक्रिया दिएका थिए । उनले पत्रकारहरुलाई आफ्नो जीत पछिको प्रतिक्रिया दिंदै नेपाली कांग्रेसलाई अब सुधार गरेर जनताको चाहना अपेक्षा अनुसार अगाडि बढाउने सिंहले बताए ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: