×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्याजको भाउ अकासिएपछी नेपाल सरकारको कठोर कदम, व्यवसायी तनावमा !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- बजारमा प्याजको भाउ ह्वात्तै बढेपछी सरकारले बजार अनुगमन गरी व्यापारीहरुलाई कडा निर्देशन दिएको खबर छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका  विभागका महानिर्देशक कुमार दाहालको नेतृत्वमा बिहीवार कालीमाटीका प्याज गोदाममा अनुगमन गरेपछी कालीमाटी र त्यस आसपासका थोक तथा खुद्रा गोदामहहरूमा अनुगमन गरेर व्यवसायीहरूलाई दुई दिनभित्र आयात र विक्रीको बिजबिजक पेश गर्न निर्देशन दिएको बताएपछी व्यापारीहरु आत्तिएका हुन् । काठमाडौंसँगै वीरगञ्ज, भैरहवा र नेपालगञ्जका व्यापारिक गोदामको अवस्थाको पनि जानकारी लिइएको विभागले जनाएको छ ।
‘व्यवसायीहरूलाई दुई दिनभित्र आयात र विक्रीको बिजबिजक पेश गर्न निर्देशन दिएका छौं,’ महानिर्देशक दाहालले भने- ‘हामीले अनुगमन गर्दा अस्वभाविक मूल्य लिइएको देखिएन । त्यसैले बिजबिजक पेश गर्न निर्देशन दिएका हौ । यता व्यापारीहरुलाई भने यो काम केहि अफ्ट्यारो पर्ने देखिन्छ । ‘निर्देशन आइसक्यो । यो त सार्है गाह्रो पर्यो । अव धेरै व्यापारीहरुलाई समस्या हुने भयो । एक व्यापारीले अर्थ सरोकार डटकमसँग भने ।     
करीव एक साताअघि भारतले प्याजको न्यूनतम निर्यात मूल्य तोकेपछि नेपालमा प्याजको भाउ हृवात्तै बढेको हो। उत्पादनमा ह्रास आएर मूल्य आकाशिएपछि निर्यातमा कटौती गर्न भारत सरकारले प्याजको न्यूनतम मूल्य तोकेको हो । जसका कारण नेपालमा प्याजको भाउ बढेको हो ।प्याजको निर्यातदर घटाउन भारतले न्यूनतम निर्यात मूल्य (एमईपी) प्रणाली कार्यान्वयनमा ल्याएपछि त्यसको असर नेपाली बजारमा परेको हो ।भारतमा उत्पादन भएको प्याज केही महिनाअघिको बाढीका कारण खेतमै नष्ट भएको र प्याज भण्डारण गृहमा पानीले भिजेर नष्ट भएको थियो । मागअनुसार प्याज नहुँदा भारतमै प्याजको ठूलो अभाव भएपछि सरकारले निर्यातमा अंकुश लगाउन न्यूनतम निर्यात मूल्य ताकेको हो ।

‘व्यवसायीहरूलाई दुई दिनभित्र आयात र विक्रीको बिजबिजक पेश गर्न निर्देशन दिएका छौं,’ महानिर्देशक दाहालले भने- ‘हामीले अनुगमन गर्दा अस्वभाविक मूल्य लिइएको देखिएन । त्यसैले बिजबिजक पेश गर्न निर्देशन दिएका हौ । यता व्यापारीहरुलाई भने यो काम केहि अफ्ट्यारो पर्ने देखिन्छ । ‘निर्देशन आइसक्यो । यो त सार्है गाह्रो पर्यो । अव धेरै व्यापारीहरुलाई समस्या हुने भयो । एक व्यापारीले अर्थ सरोकार डटकमसँग भने ।     

भारतको विदेश व्यापार महानिर्देशनालयले प्रतिटन प्याज निर्यात गर्दा ४६ हजार चार सय ९२ नेपाली रुपैयाँ (८५० डलर) एमईपी प्रणाली लागू गरेको छ। गत साता लागू भएको यो प्रणाली आगामी पुस १६ गते (३१ डिसेम्बर) सम्म कार्यान्वयन हुनेछ । भारतमा उत्पादन भइरहेको नयाँ प्याज पुस १६ पछि बजारमा आउन सुरु हुनेछ । भारतमै स्थानीय प्याज अपुग भएको अवस्थामा त्यहाँका थोक व्यापारीले नेपालसहित बंगलादेश र पाकिस्तानमा गर्दै आएको निर्यात घटाउन एमईपी प्रणाली कार्यान्वयनमा ल्याएको हो ।
भारतमा पछिल्लो समयमा प्रतिकिलो प्याजको मूल्य थोकमा ४० (६४ रुपैयाँ नेपाली) बाट बढेर ५५ भारतीय रुपैयाँ (८८ रुपैयाँ नेपाली) पुगेको छ भने खुद्रामा ७५ भारतीय रुपैयाँ (एक सय २० नेपाली रुपैयाँ) पुगको छ । भारतमा प्याजको मूल्यले आकाश छुन थालेपछि भारतीय जनताले ट्विटर र फेसवुकमा स्थानीय सरकारको विरोध गर्न सुरु गरेका छन् । भारतीय अखबारका अनुसार पछिल्लो पाँच महिनाको अवधिमा प्याजको मूल्य अत्यधिक परिमाणमा बढेको छ ।
कालिमाटी तरकारी बजारका प्याजको थोक आयातकर्ता व्यवसायी अर्जुन सिलवालका अनुसार भारतको यो नीतिका कारण नेपालमा प्याजको मूल्य ह्वात्तै बढेको छ । ‘पछिल्लो दुई महिना यता तरकारीको उच्च मूल्यका कारण नेपाली उपभोक्ताले व्यहोरेको महँगिको भार केही कम हुनै लाग्दा अहिले प्याजको चर्को मूल्यले रुवाउन थालेको छ’, सिलवालले भने । कात्तिक अन्तिम सातातिर प्रतिकिलो ६४ रुपैयाँ खुद्रा मूल्य रहेको प्याजको थोक मूल्य कालिमाटी बजारमा सोमबार ९५ रुपैयाँमा पुगेको छ ।

भारतमा पछिल्लो समयमा प्रतिकिलो प्याजको मूल्य थोकमा ४० (६४ रुपैयाँ नेपाली) बाट बढेर ५५ भारतीय रुपैयाँ (८८ रुपैयाँ नेपाली) पुगेको छ भने खुद्रामा ७५ भारतीय रुपैयाँ (एक सय २० नेपाली रुपैयाँ) पुगको छ । भारतमा प्याजको मूल्यले आकाश छुन थालेपछि भारतीय जनताले ट्विटर र फेसवुकमा स्थानीय सरकारको विरोध गर्न सुरु गरेका छन् । भारतीय अखबारका अनुसार पछिल्लो पाँच महिनाको अवधिमा प्याजको मूल्य अत्यधिक परिमाणमा बढेको छ ।

भारतीय एमईपी र आपूर्ति घटेका कारण प्रतिकिलो प्याजमा ३१ रुपैयाँ थपिएको छ । खुद्रा व्यापारीले त्यही थोक मूल्यमा थप ३५ रुपैयाँ थपेर उपभोक्तालाई प्रतिकिलो एक सय ३० रुपैयाँमा बिक्री गर्दै आएका छन् । नेपालमा खपत हुनेमध्ये ९८ प्रतिशत प्याज भारतबाट आयात हुन्छ । भारतको आडमा नेपालमै बेइमानी गर्ने व्यवसायीहरुभने सरकारयो यो अनुगमन र निर्देशनले तनाबमा परेका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: