×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मुर्खता नगरौं है ! यी ६ कारण सानीमाको म्यूचुअल फन्डमा लगानी गर्नु समय र पैसाको ‘वर्बादी’ मात्रै !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – जव जव बजारमा नयाँ ‘प्रोडक्ट’ आउँछ, अनि केहि नबुझेका लगानीकर्ताहरु त्यसैमा मरिहत्ते गर्छन् । त्यसमाथि किन्नेले दिनु गफ दिएपछि गफ सुन्नेलाई त्यो ‘प्रोडक्ट’ नकिनी हुँदैन । बजारको स्थिति के छ, त्यो प्रोडक्टको स्थिति के छ लगायतका कुरा बुझ्दै नबुझी लगानीकर्ताहरुले बजारमा जुन पायो त्यहि प्रोडक्ट किनिदिंदा नै उनीहरु डुब्ने हुन् । त्यस्तै लगानीकर्ताको मुर्खतालाई सिकार बनाएर पैसा कुम्ल्याउने गरी सानीमा क्यापिटल मार्केटले म्युचुअल फन्डका १२ करोड इकाई मंगलबारदेखि खुलाएको छ ।
सानिमा क्यापिटल मार्केट लिमिटेडले खुब ताम झामका साथ के के न ल्यायौं जसरी आफ्नो पहिलो म्युुचुुअल फण्ड ‘सानिमा इक्वीटी फण्ड’को १२ करोड इकाईहरुको बिक्री मंगलबारदेखि खुलाएकोहो । सुरुको जोगीले बढी खरानी घस्छ भनेजस्तै कम्पनीले उक्त १२ करोड इकाईहरुको विक्री खुलाउँदा पनि निकै ताम झाम गरेर लगानीकर्ताको विश्वाश जित्न खोजेको छ । १ करोड ८० लाख इकाई सानीमा बैंकलाई छुट्याएर बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणका लागि खुलाइएको छ । जसमा लगानीकर्ताले प्रति इकाई १० रुपैयाँ मूल्य तिरेर न्यूनतम १०० इकाईदेखि लगानीको प्रस्ताव पेश गर्न सक्ने बताइएको छ । तर लगानीकर्ताले बुद्धि पुर्याउने हो भने सानिमा क्यापिटलले ल्याएको इकाईमा जोडबल गर्नुपर्ने कुनै कारण छैन । 
बुँदागत रुपमा हेर्नुहोस् सानीमाले ल्याएको इकाईमा जोडबल गर्नु नपर्ने कारणहरु :
१. सानिमा इक्वीटी फण्डको प्रति इकाईमा लगानीकर्ताले १० रुपैयाँ लगाउनै पर्ने वाध्यता छ । तर लगानीकर्ताले के बुझ्न जरुरी छ भने दोश्रो बजारमै यसअघि नै संचालनमा रहिसकेका म्युुचुुअल फण्डका इकाईहरु १० रुपैयाँ भन्दा कम मूल्यमा पाइन्छ । सानीमा क्यापिटल लिमिटेडभन्दा धेरै अनुभवी कम्पनीहरुले ल्याएका म्युचुअल फण्डका इकाईहरु नै १० रुपैयाँभन्दा सस्तोमा पाउने भएपछी यो अनुभव नै नभएको कम्पनीमा पैसा हालेर किन मुर्ख बन्ने ? कसलाई पैसा बढी भएको छ र ?
२. दोश्रो बजारमा सानीमाको भन्दा सस्तो सेयर पाइन्छ । दोश्रो बजारबाट म्युचुअल फन्दका इकाहरु खरिद गर्दा सानीमाको म्युचुअल फन्डका इकाहरु किनेजस्तो झन्झट व्यहोर्नु पर्दैन । सानीमा क्यापिटलले ल्याएको म्युचुअल फन्डका इकाहरु प्रति इकाई १० रुपैयाँ हालेर किन्नका लागि आइपीओमा आवेदन दिनुपर्छ । लगानी गरेको रकम धेरै समयसम्म फ्रीज हुन्छ । अनि अन्त्यमा त्यसको बदला बजारमा पाइने अन्य म्युचुअल फन्डको तुलनामा हातमा लाग्यो सून्य । अनि सानीमाको म्युचुअल फन्ड किन्नेहरुभन्दा पटमूर्ख को हुन सक्छ ?
३. उदाहरणनै हेरौं न । ग्लोबल आइएमई समुन्नत स्कीमको अन्तिम कारोबार मूल्यनै प्रति इकाई ९.९२ रुपैयाँ रहेको छ । सानीमाम १० रुपैयाँ फाल्नु भन्दा यो इकाई किन्नु बरु बुद्धिमानी हुन्छ । लक्ष्मी इक्वीटी फण्डको प्रति इकाई मूल्य १०.१५ रुपैयाँ छ । सानीमा क्यापिटलमा थुप्रै समय पैसा फ्रीज गर्नु भन्दा त यो इकाई किन्नु कति बुद्धिमानी कति ! लक्ष्मीको मात्र होइन एनआइबिएल प्रगति फण्डको इकाई मूल्य १०.०५ रुपैयाँ छ । यस्तै एनएमबी हाइब्रीड फण्ड एल १ को १०.०६ रुपैयाँ छ भने नवील इक्वीटी फण्डको १०.१२ रुपैयाँ छ । यिनीहरुलाई उठाए बरु फाइदा हुन्छ । सानीमामा १० रुपैयाँ हाल्नु भनेको लगानीकर्ताको कोणले त मुर्खता नै हो ।
४. हुन त केहि बढी प्रति इकाई मूल्य भएका फन्डहरु पनि नभएका होइनन् । तिनीहरुको मूल्य हेरेर सानीमा क्यापिटलले ल्याएको म्युचुअल फन्डका इकाईहरु किन्नु ठिक भनेर हाउगुजी फैलाउनेहरु पनि छन् । तर लगानीकर्ताले बिर्सनै नहुने कुरा के हो भने संचालनमा रहेका ११ म्युचुुअल फण्डहरुमध्ये अधिकांश पुराना छन् । जसलाई नै आफ्नो मुचुअल फन्डको प्रति इकाई मूल्य १० रुपैयाँ कायम गर्न निकै नै गाह्रो परिरहेको छ । अनि सानीमा किनेर के गर्ने ?
५. सानीमाले तत्काल ठुलो रिटर्न दिन सक्ने अवस्था छंदै छैन । बजारको चरम प्रतिष्पर्धा, र म्यूचुअल फन्डको स्थिति हेर्ने हो भने पनि लगानीकर्ताले सानीमा क्यापिटलको म्यूचुअल फन्डबाट ठुलो आसा नगर्दा नै बेस हुन्छ । 
६. टेम्पो चलाउनेलाई ट्रक चलाउन दियो भने कति रिस्क होला ? सानीमाको म्युचुअल फन्डपनि त्यस्तै हो । सानीमा क्यापिटलसँग अनुभव फिटिक्कै छैन । बजारमा कतै न कतै केहि न केहि कुरामा विवादमा मुछिएका व्यक्ति पदमा छन् । उनीहरुको कामलाई पनि विश्वास गरिहाल्न गाह्रो छ । सँग यसअघि फण्ड संचालनको अनुुभव नै नभएकोले यो कम्पनीको म्युुचुुअल फण्डमा बढी जोखिम व्यहोर्नुपर्ने पक्कापक्की छ । हामीले त बाटो देखाउने मात्र हो । बाँकी निर्णय तपाईंकै !
सँगसँगै सकारात्मक पक्ष पनि छ कि यस्ता म्युचुअल फन्डले बजार बलियो बनाउंदै जान्छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: