×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सनराइज बैंकले ठग्यो भन्दै अर्थ सरोकार गुहारे ग्राहकले, एउटै बैंकको आश्वा शुल्क दुई साखामा किन फरक ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- एउटै बैंकको आश्वा शुल्क दुइ साखामा फरक नहुनुपर्ने हो । तर सनराइज बैंकले दुइ साखामा आश्वा शुल्क फरक-फरक राख्दै जनतालाई ठगेको भन्दै एक ग्राहकले अर्थ सरोकारसँग गुनासो पोखेका छन् । सनराइज बैंक तीनकुने शाखामा आश्वा सेवा प्रयोग गरेबापत रु १०० तिर्नुपरेपछी ग्राहकले यस्तो गुनासो गरेका हुन् । ती ग्राहकले पाटन शाखामा आश्वा शुल्क ५० रुपैयाँमात्र भएको बताएपछि हामीले दुवै साखामा सम्पर्क गर्दै आश्वाको शुल्कबारे सोध्यौं । नभन्दै ती ग्राहकले भनेको कुरा सत्य रहेछ । पाटन साखामा ५० रुपैयाँ आश्वा शुल्क रहेकोमा सनराइज बैंकमा जाँदा त्यो शुल्क १०० रुपैयाँ तिर्नुपर्ने रहेछ ।

उही बैंकको फरक साखाको शुल्कमा किन यस्तो फरक ?
यता यस विषयमा हामीले सनराइज बैंकको तीनकुने साखामा बुझेका थियौं । हामीसंग कुराकानी गर्दै त्यहाँका कर्मचारीले बैंकको नियम भएको र आश्वा शुल्क १०० रुपैयाँ नै भएको दावी गरे । ‘अरु साखामा वा अरु बैंकमा के छ त्यो थाहा छैन । तर हाम्रोमा आश्वा शुल्क १०० रुपैयाँ नै हो ।’ तीनकुने साखाकी कर्मचारीको दावी थियो । यद्यपी यता पाटन साखाका कर्मचारीले भने आश्वा शुल्क ५० रुपैयाँमात्र भएको दावी गरे । त्यसपछि यस्तो फरक किन्छ हुन्छ ? भन्ने प्रश्न बैंकका सुचना अधिकृतसंग राख्ने प्रयास गर्यौं । तर बैंकका कर्मचारीले बैंकका सुचना अधिकारी नै को हो भन्ने आफुलाई थाहा नभएकाले बैंकमै आएर बुझ्न आग्रह गरे । 
पटक पटक गुनासो तर सुध्रीएन सनराइज !
यस्तो त सनराइज बैंकको सेवामा आएको यो पहिलो गुनासो भने होइन । सनराइज सेफ डिपोजिट लकर सुविधा, भिसाडेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, रेमिट्यान्स,सनराइज माइक्रो बैंकिङलगायतका स्किमहरुमा पनि आफु ठगिएको भन्दै पटक पटक ग्राहकले गुनासो गैरिसकेका छन् । धेरैजसो बैंकमा निःशुल्क रहेको आश्वा सेवामा समेत किचलो देखिएपछि बैंकको समग्र अपरेशन व्यवस्थापनमाथि नै प्रश्नचिन्ह उठ्न थालेको छ । ‘बिहिबार आश्वाको शुल्कमा मेरो कर्मचारीसंग भनाभन नै भयो । पाटनमा ५० रुपैयाँ हुने अनि तीनकुनमा किन १०० रुपैयाँ भनेर सोध्दा कस्टमर प्रतिको जवाफदेहिता देखिएन । हाम्रो नियम हो भनेर टार्ने काम भयो । त्यसपछि मैले सिधै बाहिर निस्केर अर्थ सरोकारमा सम्पर्क गरेको हुँ ।’ ती ग्राहकले भने । ती ग्राहकसंग गरिएको कुराकानी अर्थ सरोकारसंग सुरक्षित छ ।

सनराइज बैंक सम्बन्धी यी सामाग्री छुटे कि ?

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: