×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

टेकओभर गर्ने बीमा समितिको अन्तिम तयारीपछि युनाइटेडले डाक्यो साधारणसभा, लगानीकर्ताको हात रित्तै !

काठमाडाैं – युनाइटेड इन्सुरेन्स कम्पनी लिमिटेडले साधारणसभा बोलाएको छ । कम्पनीले यहि पुस  २६ गते कार्की बैंकइट बबरमहलमा साधारण सभा डाकेको हो । बीमा समितिले युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडलाई समस्याग्रस्त घोषणा गरी टेकओभर गर्ने चेतावनी दिएपछि सो कम्पनीले साधारणसभा बोलाएको हो।  अझ खास कुरा त के छ भने साधारणसभाले सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालक चयन गर्ने छ भने सञ्चालक समितिले मनोनित गरेका प्रवद्र्धक समूहका सञ्चालकहरु अनुमोदन गर्ने बाहेक कुनै एजेन्डा नै छैन ।
कम्पनीले आर्थिक वर्ष २०७२/७३ को वार्षिक प्रतिवेदन साधारणसभामा अनुमोदन गर्ने प्रस्ताव लैजादैछ । जसमा लाभांश प्रस्ताव वा हकप्रद सेयर सम्बन्धि कुनै प्रस्ताव छैन । ‘बीमा समितिले ७ दिनभित्र साधारणसभा बोलाउन लिखित निर्देशन दिएपछि कामचालु साधारणसभामात्र हुन लागेको हो ।’ कम्पनीको एक उच्च स्रोतले भन्यो ।  स्रोतका अनुसार लिखित निर्देशन अनुसार ७ दिन भित्र साधारणसभा नबोलाए कम्पनीलाई समस्याग्रस्त घोषणा गरी टेकओभर गर्ने तयारी विमासमितिले गरिसकेको थियो ।
 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: