×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कुन जिल्लामा कसको मत कति ? यस्तो छ परिणाम

काठमाडौँ – पहिलो चरणमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान भएका ३२ जिल्लाका ३७ क्षेत्रको प्रारम्भिक मत परिणाम आउदै गरेको छ । जसमध्ये पुर्वी रुकुम र मनाङको परिणाम आइसकेको छ । 
रुकुममा माओवादी केन्द्रका उम्मेदवार कमला रोक्का र मनाङमा पाल्देन छोपाङ गुरुङ विजयी बनेका छन् । भने पश्चिम रुकुममा केन्द्रकै उम्मेदवार जनार्दन शर्माले कांग्रेसका उम्मेदवार गोपालजी जंग शाहलाई धेरै मतले पछाडी पारेका छन् । पछिल्लो मतपरिणाम अनुसार शर्माले १४४१२ मत ल्याउदा शाहले ५८२९मत ल्याएका छन् ।
त्यसैगरी गोरखा २ मा नयाँशक्तिका बाबुराम भटराईले ६५३४ मत ल्याउँदा बाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठले ५३९९ मत ल्याएका छन् । यहाँ कहिले श्रेष्ठ अगाडि त कहिले भट्टराई अगाडि हुने गरेका छन् ।
त्यस्तै चर्चामै रहेका नुवाकोट १ मा बाम गठबन्धनका हितबहादुर तामाङको मत ५०९९ ल्याउदा कांग्रेसका डा. रामशरण महतले ४२१० ल्याएका छन् । नुवाकोटको नै क्षेत्र नं २ मा बाम गठबन्धनका नारायण खतिवडा र कांग्रेसकै अर्जुननरसिंह केसीबीच प्रतिस्पर्दामा  खतिवडाले ५६१८ मत लाएको छ भने  केसीले ३५९० मत लाएका छन् ।
अर्को चर्चामा रहेको जिल्ला हो सिन्धुपाल्चोक । यो जिल्लाको क्षेत्र नं २ मा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर राणा र एमालेका शेरबहादुर तामाङबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।
तामाङले ८६४१ मत ल्याउदा राणाले ८००९ मत ल्याएका छन् । त्यस्तै सिन्धुपाल्चोककै १ नम्बर क्षेत्रमा बाम गठबन्धनका अगिनप्रसाद सापकोटा र कांग्रेसका मोहन बस्नेतबीच प्रतिस्पर्धा हुदैछ ।
जसमा सापकोटाले सुरुवाटै अग्रता कायम राखेका छन् । सापकोटा ४ हजार मतअन्तरले अघि छन् । सापकोटाले ९ हजार ४३४ मत ल्याउदा बस्नेतले ५३१८ मत ल्याएका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: