×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

तापलेजंङ अपडेट : योगेश भट्टराईले चुनाव जिते, पराजित भएपछी कांग्रेसका उम्मेदवार रुँदै घर फर्के !

ताप्लेजुङ – नेकपा एमालेका सचिव योगेश भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभामा अत्यधिक बहुमतले निर्वाचित भएका छन् । उनी कांग्रेसका उम्मेदवार केशवप्रसाद दाहाललाई १२५९१ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । भट्टराईले २९४७९ मत पाएका छन् भने दाहालले १६८८८ मत पाएका छन् ।
चुनाव हारेपछि कांग्रेस नेता दाहालको आँखामा आँशु देखिन्थ्यो । उनी आँशु पुछ्दै घर फर्केका छन् । 
प्रतिनिधिसभाको एउटा र र प्रदेशसभाका दुई क्षेत्रहरु रहेको ताप्लेजुङका सबै स्थानमा बाम गठबन्धनले क्लिन स्वीप गरेको छ । प्रतिनिधिसभामा बम गठबन्धनका साझा उम्मेदवार एमाले केन्द्रीय सचिव योगेश भट्टराई विजयी भएका छन् भने प्रदेशसभातर्फ (क) मा एमालेका जिल्लाअध्यक्ष बलबहादुर साम्सोहाङ र (ख) मा माओवादी केन्द्रका टंक आङ्बुहाङ विजयी भएका छन् ।
 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: