×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘राष्ट्र बैंकले कालोसूचीमा राखेको व्यक्तिलाई इन्सुरेन्स कम्पनीले सीइओ बनाउँछ, अनि हामीले कसरी काम गर्ने ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर युवराज खतिवडाले नेपालमा रहेका विभिन्न निकायले एक अर्कासंग संयोजन नगर्दा कतिपय अवस्थामा गलत कामले प्रसय पाएको बताएका छन् । उनले नेपालमा रहेका नेपाल राष्ट्र बैंक, नेपाल धीतोपत्र बोर्ड, बीमा समिति, नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था लगायत विभिन्न नियमनकारी निकाय भएपनि उनीहरुले एक अर्काप्रति बफादार बन्न नसक्दा कतिपय दुर्घटना बढेको बताएका छन् ।
काठमाडौँ युनिभर्सीटी स्कुल अफ मेनेजमेन्ट (कुसुम) र एसीसीएले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपाल राष्ट्र बैंकसंग पनि अन्य निकायले संयोजन नगरेको गुनासो पोखेका छन् । आफुले एक व्यक्तिलाइ कर्पोरेट घोटाला गरेकै कारण कालोसूचीमा राखेको स्मरण गर्दै उनले भने, ‘म गभर्नर हुँदा एक व्यक्तिलाई कालोसूचीमा राखियो । तर राष्ट्र बैंकको कालोसूचीमा रहँदै ती व्यक्ति एक इन्सुरेन्स कम्पनीका सीइओ बने । अव यसलाई कसरी लिने ? नियामकहरु कहिलेसम्म राजनीतिक प्रेसरमा काम गरिरहने ?’
साथै उनले आफु गभर्नर हुँदा पनि विभिन्न बैंकमा विभिन्न खाले घोटाला भएको स्मरण गर्दै राष्ट्र बैंकले धेरै पछीसम्म त्यो घटनाको उचित छानविन गर्न नसकेको स्वीकार गरे । उनले अन्य निकायले गरेको असहयोगका कारण नेपाल राष्ट्र बैंकका कतिपय कामहरु प्रभावित हुने गरेको बताए । ‘राष्ट्र बैंकले कालो सूचीमा राख्छ, इन्सुरेन्स कम्पनीले त्यहि व्यक्तिलाइ सीइओ बनाउँछ । अनि के गर्नु ?’ उपस्थित सहभागीहरुलाई सम्बोधन गर्दै उनले भने ।

म गभर्नर हुँदा एक व्यक्तिलाई कालोसूचीमा राखियो । तर राष्ट्र बैंकको कालोसूचीमा रहँदै ती व्यक्ति एक इन्सुरेन्स कम्पनीका सीइओ बने । अव यसलाई कसरी लिने ? नियामकहरु कहिलेसम्म राजनीतिक प्रेसरमा काम गरिरहने ?’

उनका अनुसार सबै नियमनकारी निकायको संयोजन भएमात्रै  राष्ट्र बैंकले उचित तरिकाले काम गर्न सक्ने बताए । सेयर मार्केट घोटाला प्रकरण, एनबी बैंक घोटाला प्रकरण लगायतका उदाहरण दिंदै उनले नेपाल राष्ट्र बैंकमा आफु गभर्नर हुँदा सकेसम्म त्यस्ता घोतालालाई निरुत्साहित गर्ने काम गरेको समेत दावी गरे ।
उक्त कार्यक्रममा उनीसंगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त सुर्यनाथ उपाध्याय, अन्तराष्ट्रिय कर्पोरेट फ्रड बिज्ञा एन श्रीनिभासन, आइएफआरएस परामर्शदाता जगदीश भट्टराई, बैंक अफ काठमाडौँका सीइओ शोभनदेव पन्त लगायतकाको समेत उपस्थिति थियो । उक्त कार्यक्रममा अर्थ सरोकार डटकम पावरीङ पार्टनरका रुपमा सहभागी थियो ।          
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: