×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

विशेष खुलासा : बाबुराम भट्टराई पुनः माओवादी केन्द्रमै फर्कदै

काठमाडौं – नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराई पुनः माओवादी केन्द्रमै फर्कने तयारीमा रहेको खुलासा भएको छ ।
माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आफूलाई भेट्न पुगेका केही नेताहरुसँगको भेटमा माओवादी केन्द्रका नेता रामबहादुर थापा (बादल)ले उक्त कुराको खुलासा गरेका हुन् ।
उनले नेताहरुसँगको भेटमा आफ्नो केही समयदेखि डाक्टर भट्टराईसँग पार्टी एकता बारेमा बृहत छलफल भएको बताएपछि उक्त खुलासा भएको हो । भेटमा बादलले आफ्नो एकमहिनादेखि भट्टराईसँग विशेष कुराकानी भएको भन्दै छिट्टै पार्टी एकता गर्ने सहमति नजिक रहेको जानकारी दिएका हुन् ।
पाँच ‘स’ को अवधारणा सहित गठन गरिएको नयाँशक्ति स्थापना भएको एक वर्षमै त्यहाँ रहेका थुप्रै चर्चित नेताहरुले पार्टी परित्याग गरेपछि भट्टराईको बैकल्पिक शक्ति बनाउने अभियान त्यतिकै विफल भएको थियो । नेपाली कांग्रेससँग मिलेर गोरखाबाट चुनाव जितेका भट्टराईको पार्टी समानुपातिक तर्फ तीन प्रतिशत थ्रेस होल्ड कटाउन नसक्दा राष्ट्रिय पार्टी बन्न सकेन ।
दुई दिन अघि कास्कीमा सकिएको महाधिवेशन आयोजक समितिको पूर्ण बैठकले पार्टी एकताबारेमा ठोस निर्णय नगरेपनि माओवादी केन्द्रसँग भट्टराई नजिक भएर गतिविधि सञ्चालन गरिरहेका थिए । केही दिन अघि मात्रै भट्टराई माओवादी अध्यक्ष प्रचण्डलाई नयाँ निवास खुमलटार पुगेर भेट गरेका थिए ।
भेटमा भएका सबै कुरा सार्वजनिक नगरिए पनि प्रचण्डले राष्ट्रिय शक्तिमा आउन आग्रह गरेका थिए । बादलले भट्टराईलाई पार्टी एकता गराए त्यो उनको जीवनको लागि ठूलो सफलता हुने विश्लेषण गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: