×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

किन गरे माओवादी केन्द्रका चर्चित नेता भण्डारीले पार्टी परित्याग ? यस्तो छ भित्री रहस्य

काठमाडौं – माओवादी केन्द्रका नेता तथा चर्चित लेखक बिष्णु भण्डारीले पार्टी परित्याग गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै नेता भण्डारीले आफु माओवादी केन्द्रबाट अलग भएको घोषणा गरेका हुन् ।
माओवादी केन्द्र एमालेमा बिलय हुने निश्चित भएपछि उनले पार्टी छोडेका हुन् । माओवादी केन्द्र आफ्नो सिद्धान्तबाट पछि हटेको भन्दै क्रान्तिको बाँकी कार्यभार पुरा गर्न नसक्ने नेता भण्डारीको निष्कर्ष छ ।
उनले माओवादी केन्द्रको केन्द्रीय सदस्य, जनसांस्कृतिक महासङ्घको उपाध्यक्ष र अखिल नेपाल लेखक सङ्घको अध्यक्षको जिम्मेबारीबाट अलग भएको घोषणा गरेका छन् ।
‘जति गरियो मन लागेर गरियो । इमान्दारिताका साथ गरियो । पार्टी र लेखक सङ्घमा रहेर निकै कुरा सिक्ने अबसर मिल्यो । निकै नजिकबाट आन्दोलनलाई बुझ्ने र पढ्ने मौका पाइयो । कुरा सिद्धान्तको हो । सपनाको हो । मलाई माओवादीले उठाएका मुद्धा र विषयले आकर्षित गरेका थिए । विषय र वस्तुलाई हेर्ने आ–आफ्नै दृष्टिकोण हुन्छन् । माओवादी केन्द्रले समाज रूपान्तरणमा अहिलेसम्म जेजति भूमिका निभायो त्यसप्रति कसैले पनि असहमति जनाउनु पर्ने देख्दिन । अब भने उसले क्रान्तिको बाँकी कार्यभार पूरा गर्न सक्दैन भन्ने लागेको छ ।’ उनले लेखेका छन् ।
उनले अगाडि लेखेका छन्- ‘गलत पनि हुन सकूँला । केही साथीलाई मैले लिएको निर्णय गलत लाग्न सक्ला । कसैलाई ठिक । जसलाई जस्तो लागे पनि अबका दिनमा माओवादी केन्द्रमा बसेर सँगै हिँड्न नसकिने निस्कर्षमा पुगेको छु । पार्टीबाट अलग हुँदा कसैलाई गालीगलौज गर्नुपर्ने पनि छैन । हिँजोसम्म हिरा आज किरा भन्नुपर्ने पनि छैन । यो बीचमा मलाई सहयोग गर्ने, सँगै मिलेर काम गर्ने साथीहरूलाई धन्यवाद दिँदै माओवादी केन्द्रको केन्द्रीय सदस्य, जनसांस्कृतिक महासङ्घको उपाध्यक्ष र अखिल नेपाल लेखक सङ्घको अध्यक्षको जिम्मेबारीबाट अलग्गिएको घोषणा गरेको गर्दछु ।’
पछिल्लोसमय माओवादी केन्द्रले एमालेसँग एकता गर्ने निर्णय गरेसँगै नेता कार्यकर्ताहरुले पार्टी परित्याग गर्न थालेका छन् । माओवादीले १० बर्षे जनयुद्धको मर्म र पार्टी सिद्धान्त विपरीत गएर एकताको नाममा एमालेसँग बिलय हुने निर्णय गरेको भन्दै कयौं कार्यकर्ता रुष्ट बनेका छन् ।
एमालेसँग एकता गर्ने निर्णयले माओवादी भित्र रहेका क्रान्तिकारी नेता कार्यकर्ताहरुमा तरङ्ग नै पैदा गरेको छ । लामोसमयसम्म पार्टीमा रहेर काम गरेका पुराना नेता कार्यकर्ता र लेखक बुद्दिजिबिहरु पार्टी परित्याग गर्दै अलग्गिन थालेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: