माघ १ देखि सेञ्चुरीको पुरानो डेबिट कार्ड नचल्ने, त्यसैले समयमा नै परिवर्तन गराउनु

  • अर्थ सरोकार सम्बाददाता 
 काठमाडौं - सेञ्चुरी बैंकको पुरानो डेबिट कार्ड बोक्नु भएको छ भने समयमा नै परिवर्तन गर्नुस् । माघ १ गतेदेखि सेञ्चुरी बैंकको पुरानो कार्ड नचल्ने भन्दै सूचना जारी गरेको छ । पुरानो (म्याग स्ट्रिप) कार्डलाई तत्काल चिप प्रविधिमा परिवर्तन गर्न बैंकले भनेको छ । 

राष्ट्र बैंकबाट जारी परिपत्र अनुसार भन्दै सेञ्चुरीले सो कार्डलाई चिप प्रविधिमा परिवर्तन गर्न भनेको हो । कम्पनीले सम्पूर्ण डेबिट कार्डलाई अझ बढी परिमार्जन गर्न भन्दै पुरानो कार्ड बन्द गर्न लागेको हो । 

प्रकाशित : Monday, January 08, 2018

recent

Popular Posts