×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

राजधानी माग गर्दै अनिश्चितकालीन दाङ बन्द

दाङ – दाङका स्थानीय अगुवाले दाङलाई प्रदेश नम्बर ५ को राजधानी बनाउन माग गर्दै बुधबारदेखि अनिश्चितकालीन दाङ बन्द आह्वान गरेका छन् ।
दाङ बन्दका कारणले गर्दा उक्त क्षेत्रको जनजिवन प्रभावित भएको र लामो तथा छोटो दूरीका यातायातका साधन नचाल्नुका साथै उद्योग, कलकारखाना, शिक्षण संस्था सबै बन्द छन् । स्थानीयबासीले मुख्य शहरका चोकहरुमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
दाङ लाई नै ५ नम्बर प्रदेशको राजधानी बनाउनको निम्ति दबाबस्वरुप अनिश्चितकालीन दाङ बन्द आह्वान गरिएको दाङ प्रादेशीक सरोकार समितिका अध्यक्ष नारायण भुसालले जानकारी दिए । दाङलाई अस्थायी राजधानी नतोक्ने चलखेल भइरहेको संकेत आएको स्थानीय अगुवाहरुले बताएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: