गुहेश्वरीको ४५ हजार ८७६ कित्ता सेयर लिलामीको बोलपत्र बुधबार खोलिने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - पुस २६ गते गुहेश्वरी मर्चेन्ट बैंकिंङ एन्ड फाइनान्सले बिक्री खुला गरेको लिलामी सेयरको बोलपत्र बुधबार खोलिंदैछ । बोलपत्र दिउसो २ बजे एनआइबीएल क्यापिटल मार्केट्स लाजिम्पाट काठमाडौंमा खोलीने भएको छ । गुहेश्वरीले पुस १३ गतेदेखि २० गतेसम्म सर्वसाधारण समूहको ४५ हजार ८७६.७६ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो । 

यसअघि, गुहेश्वरीले कात्तिक १२ देखि मंसिर १८ गतेसम्म १९ लाख ७३ हजार ९२८.७७ कित्ता (४०%) हकप्रद सेयर निष्कासन गर्दा नबिकेको सेयर लिलामीमार्फत बिक्री गरेको हो । हाल गुहेश्वरीको चुक्ता पुँजी ४९ करोड ३४ लाख ८२ हजार १९२ रुपैयाँ छ । लिलामी सेयर बिक्रीपछि भने कम्पनीको चुक्ता पुँजी ६९ करोड ८ लाख ७५ हजार ६९ रुपैयाँ पुग्नेछ । गुहेश्वरीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ५९ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ९३ पैसा र प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ४० पैसा छ ।
प्रकाशित : Tuesday, January 09, 2018

recent

Popular Posts