×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गुल्मीमा ग्लोबल आईएमई बैंकका दुई नयाँ शाखारहित बैंकिङ सेवा

ग्लोबल आइएमई बैंकले मङ्गलबार (माघ ९ गते)देखि गुल्मी जिल्लाको मुसीकोट नगरपालिका वडा नं. ५, आँपचौरमा आफ्नो ६१ औँ तथा सोहि नगरपालिकाको वडा नं. ५, भुवाचिदीमा ६२ आँै शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ । उक्त शाखारहित बैकिङ्ग सेवाहरुको समुद्घाटन मुसीकोट नगरपालिकाको मेयर सोमनाथ सापकोटाले छुट्टाछुट्टै समारोहका बीच गरे ।
आँपचौरमा खोलिएको सेवाको लागि स्थानिय सुमन खरेल तथा भुवाचिदीमा खोलिएको सेवाको लागि स्थानिय सागर सापकोटा व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेका यि दुवै क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो । 
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ११३ वटा शाखा, १२७ वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र आजबाट ६२ शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: