×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

जगदम्बा सिमेन्टद्धारा “प्राविधिक गोष्ठी सम्पन्न”

काठमाडौँ – गुणस्तरीय उत्पादन, वृहत सञ्जाल र गुणस्तरमा एकरुपता जस्ता विशेषता बोकेको जगदम्बा सिमेन्टले उपभोक्ता मुखी सेवालाई नै आफ्नो मुल वाटो बनाउदै अघि बढीरहेको सर्वविदीतै छ । विभिन्न ठाउँहरुमा विभिन्न उपभोक्तामुखी कार्यक्रमहरु जस्तै डिलर भेटघाट कार्यक्रम, निर्माणकर्मी भेटघाट, अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न गरिसकेको छ । 
यसै क्रममा काठमाण्डौ जिल्लामा पुस २१ गते इन्जिनियर वर्ग संग JAGDAMBA CEMENT CAUCUS मा सुरक्षित र दिगो निर्माण, पुन निर्माण सामग्रीको छनोट र प्रयोग लगायत BLENDED CEMENT को उच्चतम प्रयोग तथा उपभोग लगायत उपभोक्ता मैत्री सेवाका विषयमा छलफल तथा अन्तरक्रियामा सम्पन्न गरेको छ जसमा ३० जना भन्दा बढी प्राविधिक ब्यक्तिहरुको उपस्थिती थियो । उपस्थित हुनेहरुमा नगरपालिका योजना प्रमुख देखी लिएर भुकम्प प्रतिरोधी निर्माण गर्ने SUPERVISION गर्ने प्राविधिक, जगदम्बा सिमेन्टका वरिष्ठ आयोजना प्रमुख र वरिष्ठ ईन्जिनियरहरुको समेत उपस्थिति रहेको थियो । 
यस कार्यक्रममा जगदम्बा सिमेन्टमा कार्यरत वरिष्ठ आयोजना प्रमुख सुनिल पौडेलज्यू र वरिष्ठ इन्जिनियर रमनहरी भुर्तेलज्यूले विविध प्राविधिक प्रस्तुति दिनुभएको थियो । साथै ब्राण्ड प्रवन्धक जगन्नाथ दहालज्यूले BLENDED CEMENT को प्रयोगले एकातर्फ देशमा रहेको श्रोत(चुनढुङ्गा) को न्यूनतम प्रयोग गरी अधिकतम लाभ लिन सकिने र अर्कोतर्फ उपभोक्तालाई पनि व्ययभार कम पर्न जान कुरा प्रस्ट्याउनु भयो । जति संरचनालाई आवश्यक हुन्छ त्यती मात्र निर्माण सामग्रीको प्रयोगले देशको आर्थिक संमृद्धी हुने कुरा जोड दिनु भयो र जगदम्बा सिमेन्ट यसै प्रति प्रतिबद्ध छ र भविश्यमा पनि रही रहने प्रतिवद्धता गर्दछ भनेर आफ्नो मन्तब्य राख्नु भएको थियो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: