×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जाजरकोटको भाइरल ज्वरो अनियन्त्रित, १४ जनाको मृत्यु

जाजरकोट – जाजरकोट जिल्लामा तीन हप्तादेखि फैलिएको भाइरल ज्वरोको प्रकोपबाट ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । मंगलबार थप तीनजनाको ज्यान गएपछि भाइरल ज्वरोकै कारण ज्यान गुमाउनेको संख्या १४ पुगेको हो ।
भाइरल प्रभावित क्षेत्रमा सक्रिय डा. पवन शाक्यका अनुसार मंगलबार बिहान जुनीचाँदे गाउँपालिका–३ रावलगाउँका ५४ वर्षका लालबहादुर भण्डारीको ज्वरो र पखालाका कारण ज्यान गएको छ ।
यस्तै जुनीचाँदे गाउँपालिका–२ का रामबहादुर नेपालीको पनि भाइरल ज्वरोले ज्यान गएको छ । प्रभावित क्षेत्रमा पुगेका स्वास्थ्यकर्मी तथा मेडिकल अधिकृतले अहिलेसम्म सात सय भन्दा बडीको उपचार गरेको जनाएका छन् । प्रकोप नियन्त्रणमा नआएपछि थप स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।
जुनीचाँदे प्रकोपबाट सबै भन्दा प्रभावित गाउँपालिका हो । बिरामीमा रुघा खोकी, ज्वरो, टाउँको दुख्ने, पखाला लाग्ने जस्ता लक्षण देखा परेका छन् ।
जुनीचाँदे गाँउपालिकाको १, २ र ३ सहितका वडामा भाइरल फैलिएको छ । ५ वर्षमुनिका बालबालिका र दीर्घरोगीमा कडा रुपमा देखिएको भाइरल ज्वरो रुघा खोकी, ज्वरो, टाउँको दुख्ने, पखाला लाग्ने जस्ता लक्षण देखिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: