जेबिल्सले सेयर लिलामीमा ल्याउँदै, यस्ता छन् आवेदन भर्ने ठाउँ

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - जेबिल्स फाइनान्सले ३ लाख ७२ हजार ४२७.५० कित्ता सेयर लिलामीमा बिक्री खुला गर्ने भएको छ । यसमध्ये संस्थापक सेयरधनीले २ लाख ९८ हजार २०६.८७ कित्ता र सर्वसाधारणले ७४ हजार २२०.६३ कित्ता सेयरका लागि बोलपत्र पेश गर्न सक्नेछन् । लिलामीमा सेयर किन्न लगानीतकर्ताले माघ ७ गतेदेखि माघ १४ गतेसम्ममा बोलपत्र फारम पेश गर्नुपर्नेछ । 

सेयरको न्यूनतम १०० रुपैयाँ तोकिएकाले आवेदकले १०० रुपैयाँलाई आधार मानेर आवेदन दिनुपर्नेछ । बोलपत्र पेश गर्दा संस्थापकतर्फ न्यूनतम १००० कित्ता देखि अधिकतम सबै कित्ता र सर्वसाधारण समूहतर्फ न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । 

आवेदन फारम बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरीमा भर्न र बुझाउन सकिनेछ । यता, सनराइज बैंकको विराटनगर, विरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा कार्यालयबाट पनि आवेदन फारम भर्न र बुझाउन सकिनेछ । प्रथम त्रैमाससम्म जेबिल्सको चुक्ता पुँजी ३८ करोड ६३ लाख ३३ हजार रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ५५ पैसा र प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ २६ पैसा छ ।
प्रकाशित : Sunday, January 14, 2018

recent

Popular Posts