×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डबल डिग्रीको प्रमाणपत्र थन्काएर मौरी चराउँदै, वार्षिक ३० लाखको कारोबार खर्च कटाएर १५ लाख बचत

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ११ माघ २०७४, बिहीबार

PRIME CA
laxmi sunrise bank

डबल डिग्रीको प्रमाणपत्र थन्काएर मौरी चराउँदै, वार्षिक ३० लाखको कारोबार खर्च कटाएर १५ लाख बचत

कपिलवस्तु – अर्थशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर गरेका एक कृषकले बार्षिक ४० क्विन्टल मह उत्पादन गर्दै आएका छन् । लामो समयदेखि अध्यापन गराउँदै आएका कपिलवस्तु वाणगंगाका अर्जुनप्रसाद पोख्रेलले व्यावसायिक कृषि पेशा सुरु गरेका छन् ।
क्याम्पस र विद्यालयमा नाम, दाम र इज्जतबाट आफ्नो परिचय स्थापित गरेका पोख्रेल अहिले कृषकको रुपमा परिचित छन् । 
४५ बर्षीय पोख्रेल डेढ दशकदेखि व्यावसायिक मौरीपालन पेशा अंगाल्दै आएका छन् । ४० लाख रुपैयाँको लगानीमा सुरु गरिएको मौरीपालन व्यवसायलाई विस्तार गर्दै अहिले विभिन्न जिल्लामा मौरी चराउन पुग्ने र राम्रो आम्दानीसमेत हुने गरेको बताउँछन् ।
रोजगारीका लागि हजारौं युवा दैनिक विदेश पलायन भइरहेको बेला उनले स्वदेशमै कृषि पेशा अँगालेर आत्मनिर्भर बन्न सकिने सुझाव दिएका छन् । मौरीपालनबाटै वार्षिक ३० लाख रुपैयाँको कारोबार हुने खर्च कटाएर १५ लाख रुपैयाँ बचत हुने बताए ।
नेपाल मौरी पालन केन्द्रीय सहकारी संघ लिमिटेडका अध्यक्ष समेत रहेका पोख्रेल देशलाई महमा आत्म निर्भर बनाउने अभियानमा लाग्नुपर्ने बताएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: