×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गरे के हुँदैन इँटा मजदूरको आम्दानी एकै सिजनमा पाँच लाख !

भक्तपुर – सिन्धुपाल्चोक जिल्ला चौताराका ३७ वर्षीय रामबहादुर तामाङ दम्पतीको डेरा भक्तपुरको च्याम्हसिंहमा रहेको छ । तर अचेल उनिहरु दुई सन्तानका साथ चाँगुनारायण नगरपालिका–९, ताथलीस्थित माझी भैरव इँटाभट्टाको झ्याउलीमा बस्दै आइरहेका छन् ।

दैनिक ज्याला मजदूरी गर्ने रामबहादुरको दैनिकी अचेल फेरिएको छ । बिहान ४ बज्दा नबज्दै उठ्ने र खोलामा तयार रहेको माटोबाट इँटा बनाउने उहाँको दिनचर्या रहेको छ । ‘बिहान उठ्ने बित्तिकै इँटा बनाउने, दिउँसो खाना खाएर इँटा सुकाउने, चाङ लगाउने र बेलुका फेरि भोलि पल्ट इँटा बनाउनका लागि खलको सरसफाइ गरेर दिन बित्ने गरेको छ ।’
त्यसैगरी, सात र दुई वर्षका दुई छोराकी आमा रोजिना तामाङको दम्पती पनि विगत तीन वर्षदेखि इँटा पार्ने काम गर्दै आइरहेको छ । सिन्धुपाल्चोकका स्थायी बासिन्दा उनिहरुको पनि डेरा च्याम्हसिंहमा रहेको छ । अरु बेला ज्याला मजदूरी गर्ने रोजीनाको दम्पती पनि इँटाभट्टाको सिजनमा इँटा बनाउने कार्य गर्दै आइरहेको छ ।
दैनिक ज्याला मजदूरीमा भन्दा बढी आम्दानी हुने भएपछि रामबहादुर र रोजीनाको परिवार मात्र होइन सयौँ परिवार यतिखेर भक्तपुरका विभिन्न इँटा भट्टामा इँटा बनाउने कार्यमा तल्लीन छन् ।
विगत पाँच वर्षदेखि इँटाभट्टाको सिजनमा इँटा बनाउने कार्य गर्दै आइरहनुभएका रामबहादुरका अनुसार सिजनमा एक परिवारले रु तीनलाखदेखि पाँच लाखसम्म कमाउने गर्दछन् । दैनिक एक हजार २०० देखि दुई हजार वटासम्म इँटा बनाउँदै आएको बताउँदै रामबहादुरले दैनिक रु दुईदेखि तीन हजार कमाइ हुने जानकारी दिए ।
आफूलाई आवश्यक पर्दा इँटा उद्योगले पेश्कीसमेत दिने भएकाले पनि सिजनमा अन्य पेशा छाडेर इँटा बनाउने पेशा अंगाल्ने गरेको रामबहादुरले बताए । रोजीनाका अनुसार इँटा बनाएको ज्याला गतवर्ष प्रतिगोटा एक रुपैयाँ ५० पैसा दिएको थियो ।
यसवर्ष भट्टा व्यवसायीले इँटाको ज्याला भने निर्धारण गरेका छैनन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: