मञ्जुश्री फाइनान्सले दिने भयो ६% बोनस र ०.३२% नगद

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - मञ्जुश्री फाइनान्सले ६% बोनस सेयर र कर तिर्नको लागि ०.३२ % नगद दिने भएको छ । फाइनान्सको शुक्रबार बसेको बैठकले हाल कायम चुक्ता पुँजी ७२ करोड ४३ लाख ७८ हजार ५०० रुपैयाँको ६% बोनस र ०.३२% नगद लाभांश दिने निर्णय गरेको हो । 

यता, मञ्जुश्रीले यही चुक्ता पुँजीको ५% हकप्रद जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागिसकेको छ । फाइनान्सले ३ करोड ६२ लाख १९ हजार रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न लागेको हो । बोनस र हकप्रदपछि भने कम्पनीको चुक्ता पुँजी ८० करोड ४ लाख ६० हजार २०० रुपैयाँ पुग्नेछ ।
प्रकाशित : Sunday, January 14, 2018

recent

Popular Posts