५०% हकप्रद निष्कासनको लागि नेको इन्सुरेन्सले पायो अनुमति

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - नेपाल धितोपत्र बोर्डले नेको इन्सुरेन्सलाई ५०% हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको छ ।  नेकोलाई २ः१ अनुपातमा ३९ लाख २० हजार ९२८.११ कित्ता हकप्रद सेयर बिक्री गर्न बोर्डले अनुमति दिएको हो । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । 

बिमा समितिले तोकेको १ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन कम्पनीले हकप्रद निष्कासन गर्न लागेको हो । बिमा समितिले जीवन बिमा कम्पनीलाई २ अर्ब र निर्जीवन बिमा कम्पनीलाई १ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको छ । गत असोज १० गते सम्पन्न भएको साधारण सभाले १०% बोनस वितरण गर्ने प्रस्ताव पारित गरीसकेको छ ।

 १०% बोनसपछि भने नेकोको चुक्ता पुँजी ७८ करोड ४० लाख ८० हजार रुपैयाँ पुगेको छ । कम्पनीले यही चुक्ता पुँजीबाट ५०% हकप्रद वितरण गर्न लागेको हो । हकप्रद बिक्रीपछि भने कम्पनीको चुक्ता पुँजी १ अर्ब १७ करोड ६२ लाख ७२ हजार ८११ रुपैयाँ पुग्नेछ । 
प्रकाशित : Wednesday, January 10, 2018

recent

Popular Posts