×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनआईसी एशिया क्यापिटलले १ अर्बको सामुहिक लगानी कोष निष्काशन गर्ने

काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडको सहायक कम्पनी एनआईसी एशिया क्यापिटल लिमिटेडले १ अर्व रुपैयाँ बराबरको सामुहिक लगानी कोष निष्काशन गर्ने भएको छ । ७ बर्षे बन्दमुखी योजना रहेको एनआईसी एशिया ग्रोथ फण्डलाई धितोपत्र बोर्डबाट निष्काशन गर्नका लागि अनुमती प्राप्त भएको छ ।
माघ २ गतेदेखि सर्वसाधारणमा ईकाइ बिक्री गर्न लागिएको छ । क्रेडिट रेटिङ्ग एजेन्सी ईक्रा नेपाल लिमिटेडले यस क्यापिटल -कोष व्यवस्थापक)लाई “[ICRANP-IR] AMC Quality 3 (AMC3)”तथा एनआईसी एशिया बैंकबैंक लिमिटेड (कोष प्रबर्द्धक) लार्इ {“[ICRANP – IR] A-” गुणस्तर रेटिङ्ग प्रदान गरेको छ ।
एनआईसी एशिया ग्रोथ फण्डले रु १ अर्ब बराबरको रु १० अंकित मूल्य दरका १० करोड ईकाइ सर्व-साधारणमा बिक्री गर्न लागिएको छ । मागभन्दा बढी आवेदन परेको खण्डमा यो योजनाको आकार १ अर्ब पच्चीस करोड रुपैंया सम्म पुर्‍याउन सकिनेछ ।
म्युच्युअल फण्ड भएका कारण कोष मार्फत संकलित रकम धितोपत्र नियमावलीको अधिनमा रहि विभिन्न क्षेत्रमा लगानी गरिने कम्पनीले जनाएको छ ।
उक्त ईकाइहरु नेपाल स्टक एक्सचेन्ज लिमिटेड तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचिकरण गराई धितोपत्रको दोश्रो बजारमा कारोवार गर्ने व्यवस्था मिलाइनेछ । कोषको लगानीको नाफाबाट लगानीकर्ताहरुले वाषिर्क प्रतिफल पाउने छन् भने दोस्रो बजारमा हुने मुल्य परिवर्तनबाट पनि लगानीकर्ताले लाभ लिन सक्ने छन् ।
कोष परिपक्व हुने समयमा लगानीकर्ताले वाषिर्क प्रतिफल पाउने छन् भने दोस्रो बजारमा हुने मूल्य परिवर्तनबाट पनि लगानीकर्ताले लाभ लिन सक्ने छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: