×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एकाविहानै गरे यस्तो ट्वीट ! जसमा सरकारलाई धम्क्याउदैछन् नवराज सिलवाल

काठमाडौं – सरकारले शक्तिको दुरुपयोग गर्दै आफूविरुद्ध प्रतिशोध साधेको प्रतिनिधिसभामा सदस्य एवम् पूर्वडीआईजी नवराज सिलवालले आरोप लगाएका छन् । उनले त्यसको डटेर सामना गर्ने घोषणा पनि गरेका छन् ।
उनलाई पक्रन प्रहरीले सातवटै प्रदेशमा सर्कुलर जारी गरेपछि सिलवालको आक्रोशपूर्ण धारणा सार्वजनिक भएको हो । ललितपुर क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित सिलवालले शुक्रबार ट्वीटमार्फत् सरकारले ‘विपक्षीलाई प्रहार गर्ने नौटंकी’ प्रदर्शन गरेको आरोप लगाएका छन् ।
उनले ट्विटरमा लेखेका छन्, ‘म जनताको प्रतिनिधि हुँ र कानूनको परिपालक एक जिम्मेवार नागरिक पनि हुँ । समय सकिन लाग्यो भन्ने हतारोमा राजनीतिक प्रतिशोध साध्न शक्तिको गलत प्रयोग गरी आफ्नो विपक्षीलाई प्रहार गर्ने जुन नौटंकी प्रदर्शन हुँदैछ, सत्यको जगमा त्यसको डटेर सामना हुनेछ ।’
शक्तिको दुरुपयोग कसले गरेको छ र कसले प्रतिशोध साध्यो भनेर उनले स्पष्ट उल्लेख त गरेका छैनन् तर उनको संकेत वर्तमान सरकारप्रति रहेको बुझ्न सकिन्छ ।
सिलवालले आईजी नियुक्ति मुद्दामा कीर्ते कागजात प्रस्तुत गरेको ठहर सर्वोच्चले गरेपछि प्रहरीले उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । तर, सिलवाल फरार छन् । सिलवाल हाल विदेशमा रहेको बताइन्छ ।
यसैबीच सिलवाललाई ‘भगाउन’ प्रहरीले छानबिनका गोप्य सूचना उपलब्ध गराएको खुलेको छ । सिलवालमाथि सरकारी कागजात किर्तेमा छानबिन भइरहेको छ ।
छानबिनका क्रममा प्रहरीबाटै सूचना लिक गरिँदा सिलवाल काठमाडौं छाड्न सफल भएको प्रहरी स्रोतको दाबी छ । किर्ते प्रकरणमा छानबिनको जिम्मा पाएको महानगरीय प्रहरी परिसर टेकुले उजुरी दर्ताको पत्र र ललितपुर प्रहरीलाई खोजतलासका लागि काटेको पत्र सार्वजनिक गरिनु पनि सूचना चुहावटको एक पक्ष रहेको प्रहरी उच्च स्रोतको तर्क छ ।
सर्वोच्चको फैसला, सरकारी वकिल कार्यालय र प्रहरी प्रशासनलाई चुनौती दिँदै सिलवाल ‘फरार’ छन् । स्रोतका अनुसार सिलवाल पक्राउ पुर्जी जारी गर्ने बेलासम्म काठमाडौं प्रहरीसँग नियमित सम्पर्कमा थिए ।
छानबिन प्रक्रियाका सूचना चुहावट गरी प्रहरी परिसरकै उच्च प्रहरी अधिकृत मतियारको भूमिकामा रहेको चर्चा प्रहरी संगठनभित्र छ । ‘देखावटीका लागि छानबिनको नाटक गर्ने तर भित्रभित्र आरोपीलाई सुविधा हुने गरी सूचना लिक गर्ने द्वैध चरित्रले काम गरेको छ’, परिसर स्रोतले भन्यो ।
प्रहरीले नै गोपनीयता कायम गर्न नसक्दा सिलवाल ‘भाग्न’ सफल भएको निष्कर्ष पूर्वडीआईजी हेमन्त मल्ल ठकुरीको छ । ‘संवेदनशील विषयमा प्रहरीका कतिपय काम-कारबाही गोप्य राखिनुपर्छ ।
गोप्य कुरा बाहिर ल्याउँदा पीडक उम्कने खतरा हुन्छ नै’, उनले भने । ठकुरीले प्रहरी सेवामा छँदा विधिको शासन पालना गर्ने र गराउने कसम खाएका जोकोही प्रहरी अधिकृतले आफूमाथि लागेका अभियोगमा पनि छानबिनका लागि सहज बाटो पहिल्याउन मद्दत गर्नुपर्ने बताए ।
प्रहरी प्रधान कार्यालयले मंगलबार मात्रै सिलवालको खोजीका लागि ७७ जिल्लामा पत्राचार गरेको छ । त्यति गर्दा पनि उनी नभेटिए अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) गुहार्ने तयारीमा प्रहरी मुख्यालय छ ।
काठमाडौं प्रहरीले किर्तेमा अभियोग दर्ता गरेलगत्तै सिलवालले ट्विट गर्दै ‘सन् २०१७ मा आफूले धेरै पाठ सिकेको र २०१८ को लागि आफू तयार छु’ भनेका थिए । त्यसपछि अर्को ट्विट गर्दै उनले भने, ‘हे ईश्वर, आइज तेरो खुट्टामा मलम लगाइदिन्छु । कतिका सपनालाई लात हान्दा चोट त लागेकै होला ।’
प्रहरी महानिरीक्षक नियुक्ति प्रकरणमा सिलवालले सर्वोच्च अदालतमा पेस गरेको कार्यसम्पादन मूल्यांकन किर्ते गरेको तथ्य फेला परेपछि प्रधानन्यायाधीश गोपाल पराजुलीसहित सात न्यायाधीश संलग्न इजलासले किर्तेमा संलग्नमाथि छानबिन गरी कारबाही चलाउन सरकार र प्रहरी प्रधान कार्यालयलाई परमादेश दिएको थियो ।
सोही फैसलाका आधारमा छानबिनका लागि अभियोग दर्ता गर्न प्रहरी महानिरीक्षक अर्याल र मुख्यसचिव लोकदर्शन रेग्मीले काठमाडौं प्रहरी प्रमुखलाई निर्देशन दिएका हुन् ।
सिलवाल काठमाडौंमै रहेका बेला अर्याल र रेग्मीले पक्राउ गर्न काठमाडौं प्रहरी प्रमुख रवीन्द्र धानुकलाई निर्देशन दिएका थिए तर धानुकले छानबिनकै क्रममा रहेका कारण पक्राउ गर्नु ‘उचित नहुने’ जवाफ दिएका थिए । ललितपुर प्रहरीले सिलवालको गोदावरीस्थित घर/ठेगानामा गएर खोजतलास पनि गरेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: