×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल-भारत प्रमुख नाकामा चालु आवको ६ माहिनामा व्यापार घाटा ३२ गुणा

काठमाडौँ – ६ महिनामा प्रमुख भन्सार नाका वीरगञ्जमा व्यापार घाटा ३२ गुणा पुगेको छ । गत आर्थिक वर्षमा नाकाको व्यापार घाटा १९ गुण रहेकामा चालू आवमा ३२ गुणा पुगेको हो ।
आव २०७४–७५ को साउनदेखि पुससम्म १ खर्ब ८८ अर्ब १२ करोड ९४ लाख मूल्यको विभिन्न वस्तु आयात भएको थियो । सो नाका भएर ५ अर्ब ७२ करोड ९६ लाखको वस्तु निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयका भन्सार प्रमुख सेवन्तक पोखरेलले जानकारी दिए ।
आयात निर्यातलाई तुलना गर्दा चालू आवको छ महिनामा वीरगञ्ज नाकाको व्यापार घाटा १ खर्ब ८२ अर्ब ३९ करोड ९७ लाख पुगेको थियो । नेपालबाट भारत तथा तेस्रो मुलुकतर्फ हुने निर्यात दिनानुदिन घट्दै गएको र आयात बढ्दै गएको कारण वीरगञ्ज नाकाको व्यापार घाटा बढ्दै गएको हो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: