×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

डा. केसीको गिरफ्तारीबारे नारायणकाजीले ट्वीटमार्फत मुख खोले

काठमाडौं – त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीको गिरफ्तारीको बारेमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने यो सब कानूनको नाममा गरिएको ज्यादती हो ।
डा. केसीलाई सोमबार अदालतको अवहेलना मुद्दामा प्रहरीले अनसनस्थलबाटै पक्राउ गरेको थियो । उनलाई अहिले सर्वोच्च अदलात उपस्थित गराइएको छ ।
सामाजिक सञ्जाल ट्वीटमार्फत माअेावादी नेता श्रेष्ठले अदालत भगवान नभएको भन्दै मानहानीलाई सत्याग्रहीबिरुद्ध हतियार बनाउनु गलत भएको बताएका छन् ।
‘डा. गोविन्द केसीको रातारात गिरफ्तारी कानूनको नाममा गरिएको ज्यादती हो । अदालतको मानहानीलाई सत्याग्रहीबिरुद्ध हतियार बनाइनु नितान्त गलत छ । फेरि दोहोर्‍याएर भन्छु, अदालत ‘भगवान’ होइन । राज्यको पुनसंरचना गर्दा न्यायालयलाई भने यथावत राखियो । त्यसको पनि परिणाम हो यो । सम्बन्धित सबैले बुझुन् ।’ उनले ट्वीट गर्दै भनेका छन् ।
डा केसीको गिरफ्तारीको चौतर्फी बिरोध भएको छ । नागरिक समाजले मंगलबार माइतीघरमा बिरोध प्रदर्शन समेत गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: