×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

निकट व्यक्तिलाई जागिर खुवाउन प्रज्ञा सेवा आयोगको षड्यन्त्र

काठमाडौ – नेपाल प्रज्ञा प्रतिष्ठानको सेवा आयोगले लोकसेवा आयोगलाई नै गुमराहमा राखेर आफ्ना करार कर्मचारीलाई नै नियुक्ति दिने षड्यन्त्र गरेको छ । लोकसेवाले लिएको कर्मचारी नियुक्तिसम्बन्धी लिखित परीक्षामा प्रज्ञाकै पूर्वसदस्यसचिवका आफन्तलाई जसरी पनि जागिर खुवाउने चलखेल गरिएको पाइएको हो । 
प्रज्ञानिकट स्रोतका अनुसार प्रतिष्ठानका पूर्वसदस्यसचिव एवं हालका सदस्यसचिव जीवेन्द्र देव गिरीका निकट सनत रेग्मीका भाञ्जा पर्ने त्यहाँ करारमा कार्यरत रञ्जन घिमिरेलाई जागिर खुवाउन अन्तर्वार्ताको लागि धेरै नम्बर दिने षड्यन्त्र गरिएको छ । घिमिरे यसअघि प्रतिष्ठानभित्रको आवश्यक स्थायी कर्मचारीको लागि लिइएको परीक्षामा दुईपटक फेल भइसकेका छन् । पटक–पटक फेल भएका घिमिरेलाई हालका सदस्यसचिव गिरीले करार थप्दै राख्दै आएका थिए ।
उक्त परीक्षाको लागि सिलेबस (पाठ्यक्रम) बनाउन प्रतिष्ठानका तर्फबाट सहप्राध्यापक हेमनाथ पौडेललाई लगाएको थियो । सहप्राध्यापक पौडेल गिरीनिकटस्थ मानिन्छन् । लोकसेवा आयोगले समेत परीक्षाको पाठ्यक्रम तयार गर्ने काम समेत पाएका उनै पौडेललाई परीक्षाको कापी जाँच्ने काम समेत दिएको स्रोतको दाबी छ । यसरी संयोगवश एकै व्यक्तिले पाठ्यक्रम तयार गर्ने र कापी समेत जाँच्ने जिम्मेवारी पाउनुलाई समेत सेटिङका रुपमा हेरिएको छ । 
दुवै पदमा नाम निकाल्न सफल घिमिरे दुवै पदका लागि अन्तर्वार्तामा छनोट भइसकेका छन् । एक न एकतर्फ जागिर खुवाउने गरी अब घिमिरेलाई उच्च अंक दिएर जागिर खुवाउन लागिएको प्रज्ञानिकट स्रोतले दाबी गरेको हो । अन्तर्वार्तामा प्रतिष्ठानका सदस्यसचिव गिरी, प्राज्ञसभाका एक सदस्य, एक विज्ञ र लोकसेवा आयोगका प्रतिनिधि सदस्यको उपस्थिति हुन्छ । जुन भनेको प्रतिष्ठानकै कर्मचारीको हालीमुहाली हो र यसमा गिरीले घनिष्ट घिमिरेलाई जागिर खुवाउन सेटिंग मिलाइसकेको स्रोतको भनाइ छ । 
घिमिरे हाल कम्प्यूटर अपरेटरमा करारमा कार्यरत छन् । फेल भए पनि उनको म्याद थप्दै यसअघि उनलाई प्रतिष्ठानमै राखिँदै आएको थियो । उनको स्थानमा पदपूर्ति यसअघि नै भइसके पनि आफन्त भएकै कारण राखिँदै आएको छ । यो परीक्षामा आफू पनि परीक्षार्थी भए पनि घिमिरेले नै परीक्षाको पाठ्यक्रम बाँड्ने जिम्मेवारी पाएका थिए । सोही कारण पनि अन्य नाम निकालेकाहरु समेत आश्चर्यमा परेका छन् । 
लोकसेवाले परीक्षा लिए पनि अन्तर्वार्तामा सम्बन्धित संस्थाले नाम निकालेकालाई अन्तर्वार्तामा ४० पूर्णांकमा अंक दिने अधिकार पाउनेछ । सोही आधारमा प्रतिष्ठानले घिमिरेलाई बढी अंक दिलाउने चलखेल गर्ने सम्भावना रहेको एक परीक्षार्थीले बताए । 
प्रतिष्ठानले गत भदौ २२ गते एक जना नासु र दुई जना अधिकृतको लागि विज्ञापन गरेको थियो । सोहीअन्तर्गत प्रतिष्ठानले लोकसेवा आयोगसँगको समन्वयमा गत कात्तिक २६ र २७ गते सम्पादक तथा २९ र ३० गते नासुको परीक्षा लिएको थियो । त्यसमा घिमिरेले दुवै पदको परीक्षा दिएका थिए । गत पुस २० मा गोरखापत्रमा नतिजा प्रकाशित भएको थियो जसमा तीन पदको लागि ११ जनाले नाम निकालेका थिए जसको अन्तर्वार्ता माघ ६, ७, ८ र ९ गते तोकिएको छ । – आर्थिक दैनिक बाट
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: