प्रिमियरले १३.५२% बोनस दिदै, एफपीओका लगानीकर्ताले पनि पाउने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - प्रिमियर इन्स्योरेन्स कम्पनीले लगानीकर्ताहरुलाई १३.५२ प्रतिशतका दरले बोनस सेयर दिने भएको छ ।

कम्पनीले हालै जारी गरेको एफपीओपछि कायम हुने सेयर धनीले समेत बोनस पाउने निर्णय गरेको हो । यससँगै कम्पनीकोचुक्ता पुँजी ५८ करोड रुपैयाँ पाउने भएको छ ।

कम्पनीले कर बापत नगद लाभांश समेत दिने प्रस्ताव गरेको हो । कम्पनीको प्रस्ताव बीमा समितिको स्वीकृती र साधारण सभाबाट पारित हुन बाँकी छ ।
प्रकाशित : Tuesday, January 09, 2018

recent

Popular Posts