×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

के थियो प्रचण्डको प्रस्ताव जसले गर्दा माओवादी केन्द्रभित्रै मच्यो हलचल ?

काठमाडौं – पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दुई दिनसम्म चलेको बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले सरप्राइज प्रस्ताव राखेका छन् । उँहाले नेता रामबहादुर थापा ‘बादल’ र अर्का नेता नारायणकाजी श्रेष्ठलाई राष्ट्रिय सभा सदस्य बनाउने भन्दै सरप्राइज प्रस्ताव राखेको बताइएको छ । सातै प्रदेशका इन्चार्जसहित बसेको केन्द्रीय कार्यालयको बैठकमा प्रचण्डले सो प्रस्ताव राखेका हुन् ।
उक्त बैठकमा राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार चयनबारे छलफल भएको र त्यसका साथै प्रदेश सरकार गठन र केन्द्रदेखि प्रदेशसभामा एमाले र माओवादी सिट बाँडफाँड, उम्मेदवार छनोटलगायतका विषयमा विस्तृत रुपमा छलफल भएको नेताहरुले बताएका छन् ।
बैठकले एमाले र माओवादी केन्द्रबीचको सहमति अनुसार राष्ट्रियसभा सदस्यका लागि भाग परेको १४ सिटमा उम्मेदवार छान्ने जिम्मा शीर्ष तीन नेतालाई दिएको छ ।
बैठकमा प्रचण्डले राखेको प्रस्तावले बादललाई खुशी बनाएको थियो भने श्रेष्ठले प्रस्ताव अस्वीकार गरेका छन् । जनताले पराजित गरिसकेपछि आफू फेरि उम्मेदवार नबन्ने श्रेष्ठले बैठकमा बताएको एक नेताले बताए । प्रतिनिधि सभा निर्वाचनमा छुटेका नेता बादललाई भने प्रचण्डको प्रस्तावले राहत मिलेको छ ।
मंगलबार बस्ने प्रचण्ड, वरिष्ठ नेता श्रेष्ठ र बादलले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारको टुंगो लगाउने बताइको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: