×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देउवा, केपी र प्रचण्डलाई जनअदालतमा मुद्दा हाल्छौंः सिंह

काठमाडौँ – अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पूर्णबहादुर सिंहले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जनअदालतमा मुद्दा हाल्ने बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकरीले शुक्रबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष सिंहले माफियाहरुसँग मिलेर शैक्षिक क्षेत्रलाई व्यपार गर्ने थलो बनाउन सहयोग गरेको भन्दै मुद्दा हाल्ने बताएका हुन् । सिंहले दलाल संसदीय व्यवस्थाले शिक्षा क्षेत्रको माफियाहरुलाई संरक्षण गरेको बताए ।
“यो देशमा दुईओटा सत्ता छन्, दुईओटा अदालत छन्, शैक्षिक माफिया र उनीहरुको संरक्षण गर्ने प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माके अध्यक्ष प्रचण्डलगायतलाई जनअदालतमा मुद्दा हाल्छौं” सिंहले भने । उनले चुनाव हुँदैमा संक्रमणकालको अन्त्य नहुने भन्दै नयाँ संक्रमणकालको सुरु भएको दाबी गरे ।
पत्रकारहरुको जवाफ दिँदै अध्यक्ष सिंहले आफूहरु भारतले हस्तक्षेप गर्ने गरेको सीमा स्तम्भमा जाने र आवश्यक परे गोली थाप्ने बताए । उनले आफ्नो संगठनका सम्पूर्ण सदस्यहरु आवश्यक परे जनमुक्ति सेनामा भर्ती भएर राष्ट्रियता रक्षाको लागि बन्दुक बोक्ने प्रतिवद्धता गरेको बताए ।
पत्रकार सम्मेलनमा संगठनका महासचिव दिपेन्द्र चलाउनेले आउँदो फागुनमा हुने सम्‍मेनल जागरण अभियान भएको बताउँदै मेचीदेखि महाकाली, हिमालदेखि तराईका सीमासम्म पुग्ने बताए । उनले सम्मेलनका तयारीको क्रममा शैक्षिक संस्थाहरुले मनपरी गरेको शुल्कबृद्धिविरुद्ध पनि आन्दोलन गर्ने बताए ।
संगठनको आठौं बैठकले आउँदो फागुन २७ देखि ३० राष्ट्रिय सम्मेलन दाङमा गर्ने निर्णय गरेको छ । अध्यक्ष सिंहको अध्यक्षमा २१२१ सदस्यीय मूल परिचान समिति बनाउने निर्णय गरेको छ ।
पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार फागुन २७ गते उद्घाटन, २७ देखि २९ बन्द सत्र र ३० गते घोषणा सभा गर्ने बैठकले निर्णय गरेको छ । त्यसैगरी विभिन्न समिति पनि बनाएको छ ।
बैठकले हालै पर्सामा भारतीय साम्राज्यवादले सीमा अतिक्रमण गरेको ठहर गर्दै बैठकले घोर भत्सर्ना गर्दै सम्पूर्ण राष्ट्रघाती सन्धी सम्झौताहरु खारेजको माग गरेको छ । त्यस्तै सरकारले पेट्रोल, डिजेल, ग्याँसलगायत उपभोग्यबस्तुको मूल्यवृद्धिको खारेजीको माग समेत गरेको छ । बैठकले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायत नेताहरुलाई लगाइएको मुद्दा खारेज गर्न माग पनि गरेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: