×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

राष्ट्रियसभाका लागि कुन पार्टीबाट कति जना विजयी ? निर्वाचितहरुको नामवलीसहित

काठमाडौँ – राष्ट्रियसभा सदस्य चुनावमा १७ जना निर्विरोध निर्वाचित भएका छन् । बुधबार उम्मेदवारी दर्तासँगै उनीहरु निर्वाचित भएका हुन् ।
प्रदेश नम्बर १, २, ५ र ७ मा नेकपा एमालेका ६ जना, नेपाली कांग्रेसका ५ जना, माओवादीका ३ जना, फोरमका २ जना र राजपा नेपालका १ जना विजयी भएका छन् ।
निर्वाचन आयोगले भने माघ १४ गतेसम्म उम्मेदवारमाथि दावी विरोध गर्ने समय भएकाले उनीहरुलाई अहिले नै निर्विरोध निर्वाचित घोषणा गर्न नपाइने स्पष्ट पारेको छ । दावी विरोधबाट उम्मेदवारी खारेज नभएमा यी १७ जना राष्ट्रियसभा सदस्य चयन भएका हुन् ।

यी हुन् निर्वाचितहरुको नामवली


१ नम्बर प्रदेशबाट ३ महिला सदस्य निर्विरोध
नैनकला ओझा (एमाले)
विना पोखरेल (माओवादी)
सरिता प्रसाईं (नेपाली कांग्रेस)
२ नम्बर प्रदेशमा खुल्ला बाहेक सबै निर्विरोध
महिलातर्फ ३ निर्विरोध निर्वा्चित स्
शशीकला दाहाल (माओवादी)
मुक्ताकुमारी यादव (नेपाली कांग्रेस)
प्रमिला कुमारी (संघीय समाजवादी फोरम)
अल्पसंख्यकबाट १ निर्विरोध निर्वा्चित
बृषेशचन्द्र लाल (राजपा)
दलिततर्फ १ निर्विरोध निर्वा्चित
रामपृत पासवान (संघीय समाजवादी फोरम)
५ नम्बर प्रदेशमा महिलातर्फ ३ निर्विरोध
कोमल वली (एमाले)
मीना बुढा (एमाले)
अनिता देवकोटा (नेपाली कांग्रेस)
प्रदेश नं.७ मा ६ जना निर्विरोध निर्वा्चित
खुल्लातर्फ ३ सदस्य निर्विरोध निर्वा्चित स्
शेरबहादुर कुँवर (एमाले)
हरिराज चौधरी (माओवादी)
बद्री पाण्डे (नेपाली कांग्रेस)
महिलातर्फ ३ निर्विरोध निर्वा्चित स्
इन्दु कडरिया (एमाले)
कमला वली (एमाले)
तारा भट्ट (नेपाली कांग्रेस)
राष्ट्रियसभाको ५९ सदस्यमध्ये स्थानीय तहका प्रतिनिधि र प्रदेशसभाका सदस्यले निर्वाचित गर्ने ५६ पदका लागि दलहरुले उम्मेदवारी दिएका हुन् ।
राष्ट्रियसभाका लागि प्रत्येक प्रदेशबाट आठ जना निर्वा्चित हुने व्यवस्था छ । जसमा खुलातर्फ तीनजना, महिला तीन, दलित एक जना र अपांगता वा अत्पसंख्यक समुदायबाट एक जना निर्वाचित हुने संवैधानिक प्रावधान छ ।
स्थानीय तहका निर्वाचित प्रतिनिधिको पदभार १८ र प्रदेशसभा सदस्यको भतभार ४८ हुने संवैधानिक व्यवस्था छ । एकल संक्रमणीय आधारमा चुनाव हुने भएकाले दलहरुले आफूले जित्न सक्ने पदका लागि मात्र उम्मेदवारी दिएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: