×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सनराइज बैंकको शाखा सानेपामा

काठमाडौँ – सनराइज बैंक लिमिटेडले काठमाडौंको सानेपामा शाखा स्थापना गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन् पुस २६ गते बुधबारका दिन एक कार्यक्रमका बिच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले गरे । सो समारोहमा बैंकका संचालकहरु डा. भोगेन्द्र गुरागाईँ, ई.बच्छराज तातेड, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, बैंकका उच्च पदाधिकारीहरु लगायत स्थानीय सर्वसाधारण तथा ग्राहक वर्गको उपस्थिति रहेको थियो ।
यस शाखाको स्थापनाबाट बैंकले आफ्ना ग्राहकहरुलाई थप विस्तारित एवं सर्वसुलभ बैंकिङ्ग सेवाहरु पुर्याउने बिश्वास लिनुका साथै सानेपाबासीहरुलार्ई सुलभ तथा उच्चस्तरीय बैंकिङ्ग सेवा पु¥याउने उद्देथ्य लिएको छ । हाल सन्राइज बैंक लिमिटेडले नेपाल अधिराज्य भर ७२ वटा शाखा, ९१ वटा एटिएम, ३ वटा एक्स्टेन्सन काउन्टर तथा अधिराज्यका विभिन्न स्थानहरुमा १८ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत ग्राहकहरुलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: