×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देउवा सरकारविरूद्ध सर्वोच्चमा रिट दायर, यस्तो छ कारण

काठमाडौं – नेपालका तराई तथा भारतसँग जोडिएका पहाडी तथा हिमाली क्षेत्रमा देखिएका दशगजासम्बन्धी विवादलाई तत्काल रोक्न आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालयलगायतलाई विपक्षी बनाई अधिवक्ता यज्ञमणि न्यौपानेले दायर गरेको निवेदनमा सीमा रेखा कोर्ने कार्य तत्काल रोक्न अन्तरिम आदेशको माग गरिएको छ ।
सीमा अतिक्रणलाई नरोक्दा देशलाई अपूरणीय क्षति हुने र नेपाली भूमि अतिक्रमण भई गुम्ने खतरालाई हुने उल्लेख गर्दै सीमा क्षेत्रमा जग्गा विवाद पटकपटक भइरहने हुँदा नेपालको संविधानले नेपालको सीमा हेरफेर गर्ने अधिकार कसैलाई प्रदान नगरेको उल्लेख छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: