×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडको ग्रामथान तथा दमक शाखाको औपचारिक उद्घाटन

काठमाडौं – टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तारको क्रममा मोरङ्ग जिल्ला स्थित ग्रामथान शाखा र झापा जिल्ला स्थित दमक शाखाको औपचारिक उद्घाटन गरेको छ ।
बैंकद्वारा मिति २०७४/०९/२३ गते आइतबारका दिन आयोजित छुट्टाछुट्टै विशेष कार्यक्रमका बीच दुवै शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर श्री चिन्तामणि शिवाकोटीज्यूले गर्नुभयो ।
यसैसाथ बैंकको शाखा संख्या ३५ र ४ एक्सटेन्सन काउन्टर गरी कुल ३९ पुगेको छ । साथै निकट भविष्यमा बैंकले थप १ वटा शाखा तथा १ एक्सटेन्सन काउन्टर थप्दै चांडै नै कुल शाखा संख्या ३६ र एक्सटेन्सन काउन्टर ५ पुर्याउने लक्ष्यका साथ काम भइरहेको कुरा सहर्ष जानकारी गराउदछौ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: