×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

वामदेवले देउवालाई धारे हात लगाउदै ‘नकचरो’ भनेपछि…

एमाले नेता बामदेव गौतमले कडा अभिव्यक्ति दिएका छन् । उनले सत्ताको विषयलाई लिएर देउवालाई नकचरो भनेका छन् । ‘नकचरो भएपछि जे पनि भन्दा रहेछन् ।’ राजधानीमा आयोजित एक कार्यक्रममा एमाले नेता गौतमले भने, ‘ जनादेश कांग्रेस प्रतिपक्षमा बस, एमाले र माओवादी मिलेर सरकार चलाउ भन्ने छ ।’ 
‘डुबिरहेको मानिसले बचिन्छ कि भनेर बग्दै आएको खरको त्यान्द्रो पनि समात्छ’ भने जस्तै कांग्रेस वाम गठबन्धन फुटाउन सकिन्छ कि भनेर लागेको उनले बताए ।  आयु पुगेको प्रधानमन्त्री शेरबहादुर देउवाले भन्नुभयो -कसले ल्याएको छ बहुमत ? बहुमत लिएर आउनुस् । बहुमत त आइसक्यो दुई पार्टीको ।’ उनले भने । ‘यो प्रधानमन्त्रीलाई थाहा छैन र तर, नकचरो भएपछि, लाज समाप्त भएपछि जे पनि भन्दा रहेछन् ।’ उनले अगाडी भने। 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: